default_image

3 years ago

September 23, 2021

हामेस कतारी क्लबमा

एजेन्सी – इंग्लिस क्लब एभर्टनका कोलम्वियन मिडफिल्डर हामेस रोड्रिग्वेज कतारी क्लब अल–रेयानमा अनुबन्धित भएका छन् ।स्पेनिस क्लब रियल म्याड्रिड र जर्मन क्लब बायर्न म्युनिखका पुर्व मिडफिल्डरलाई कतारी क्लब अल–रेयानले अनुबन्ध गरेको हो । सम्झौता रकम र अवधिबारे केही खुलाइएको छैन । उनी यसै साता कतार प्रस्थान गर्नेछ । हामेस गत सिजन ७ मिलियन पाउन्डमा एभर्टनमा […]

47 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब एभर्टनका कोलम्वियन मिडफिल्डर हामेस रोड्रिग्वेज कतारी क्लब अल–रेयानमा अनुबन्धित भएका छन् ।स्पेनिस क्लब रियल म्याड्रिड र जर्मन क्लब बायर्न म्युनिखका पुर्व मिडफिल्डरलाई कतारी क्लब अल–रेयानले अनुबन्ध गरेको हो ।

सम्झौता रकम र अवधिबारे केही खुलाइएको छैन । उनी यसै साता कतार प्रस्थान गर्नेछ । हामेस गत सिजन ७ मिलियन पाउन्डमा एभर्टनमा पुगेका थिए । एभर्टनका प्रशिक्षक राफयल बेनिटेजले यो सिजन गुडिसन पार्कमा उनको लागि कुनै स्थान नरहने बताएपछि उनले नयाँ विकल्प रोजेका हुन् ।

उनले कतार विश्वकप २०२२ लाई ध्यानमा राख्दै नियमित फुटबल खेल्नको लागि पनि कतारी क्लब रोजेको अनुमान गरिएको छ । कोलम्वियाको कप्तान समेत रहेका रोड्रिग्वेज पछिल्ला समय चोटका कारण टोली बाहिर रहेका छन् । कोलम्वियाका प्रशिक्षक रेनाल्डो रुएडाले पनि हामेसलाइ टोलीमा चाहेका छन् ।

कोलम्विया विश्वकपमा छनोट हुन बाँकी छ । यसै मसहना (सेप्टेम्वर) मा विश्वकप छनोटको खेल हुदा उनले चोटका कारण खेल गुमाएका थिए ।कतार स्टार्स लिगमा अल–रेयानले यो सिजन दुई खेल खेल्दा दुवैमा जित निकाल्न सफल भएको छ । अब प्रशिक्षक लरेन्ट ब्लांकको सुचीमा हामेस पनि रहनेछन् । हामेसले गत सिजन एभर्टनका लागि २६ खेल खेल्दा ६ गोल गरेका थिए । यो सिजन उनले एक खेलमा पनि मौका पाएका छैनन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.