default_image

3 years ago

September 23, 2021

बेन्जेमाको गति

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमा करिअरकै उच्च लयमा देखिएका छन् । यो सिजन स्पेनिस ला लिगामा ६ खेलमा रियलले गरेको २१ मध्ये १५ गोलमा उनी प्रत्यक्ष सम्लग्न रहेका छन् । उनले बुधबार राति रियल मलोर्काविरुद्ध ६–१ को जितमा दुई गोल गर्दै रियलमा आफ्नो २ सयौं गोल पुरा गरेका छन् । ३३ वर्षीय बेन्जेमाले ला […]

35 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमा करिअरकै उच्च लयमा देखिएका छन् । यो सिजन स्पेनिस ला लिगामा ६ खेलमा रियलले गरेको २१ मध्ये १५ गोलमा उनी प्रत्यक्ष सम्लग्न रहेका छन् ।

उनले बुधबार राति रियल मलोर्काविरुद्ध ६–१ को जितमा दुई गोल गर्दै रियलमा आफ्नो २ सयौं गोल पुरा गरेका छन् । ३३ वर्षीय बेन्जेमाले ला लिगामा ६ खेलमा ८ गोल र ७ असिस्ट दिँदै १५ गोलमा प्रत्यक्ष संलग्न छन् ।

एका छन् । यो सिजनमा ६ खेलमा १५ गोलमा संलग्न हुने पहिलो खेलाडी बनेका छन् । यस्तै रियलले १९८७–८८ को सिजनपछि सुरुवाती ६ खेलमा २१ गोल गर्न सफल भएका छन् ।

रियलका मुख्य प्रशिक्षक कार्लाे एन्सेलोटीले सञ्चारकर्मीसँगको कुराकानीमा क्रममा बेन्जेमाको खुलेरै प्रशांसा गरेका छन् । ‘बेन्जेमाले यति धेरै गोल र असिस्ट गरे भन्ने तथ्यले तपाईलाई बिर्सन सक्नुहुन्छ कि गोलसँगै असिस्ट दिन पनि उत्तिकै अब्बल छन् । उनी एक अग्रगामी हुन् । जसले गोल मात्र गर्दैनन् । अर्थात उनी पुर्ण छन् ।’ एन्सेलोटीले भने, जब उनी थकित हुन्छन्, हामी लुका जोभिकलाई ल्याउछौं । किनकि जोभिकले पनि राम्रो गरिरहेका छन् । जोभिकको लागि पनि यो गाह्रो स्थिति हो । उनले बेन्जेमासँगै प्रतिस्पर्धा गर्नुपर्नेछ । बेन्जेमालाई आराम चाहिएको अवस्थामा मात्रै जोभिकले खेल्नेछन् ।’

रियल म्याड्रिड अहिले संक्रमणकालमा छ । किनकि रियल आर्थिक सन्तुलनसँगै युवा खेलाडीको खोजीमा रहेका छन् । रियलको यो हिस्सामा बेन्जेमा एक स्थिर खेलाडी बन्नेछन् । विगतमा ठुला स्टार खेलाडीले क्लब छाडेपनि बेन्जेमासँगै भिनिसियस जुनियर, रोड्रिगो र इडुआर्डाे कामाभिंगाले रियललाई उपाधिको दावेदारको रुपमा उठाउन सक्नेछन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.