default_image

3 years ago

September 23, 2021

महिला फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी महिला एसियन कप–२०२२ छनोट खेल खेलेर नेपाली महिला राष्ट्रिय फुटबल टोली बिहीबार स्वदेश फर्किएका छन् । नेपाली टोली उज्वेकिस्तानबाट बिहीबार स्वदेश आइपुगेका हुन् । टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । समूह ‘एफ’ मा रहेको नेपालले दुई खेलमा जित निकाल्न नसक्दा छनोट […]

65 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी महिला एसियन कप–२०२२ छनोट खेल खेलेर नेपाली महिला राष्ट्रिय फुटबल टोली बिहीबार स्वदेश फर्किएका छन् ।

नेपाली टोली उज्वेकिस्तानबाट बिहीबार स्वदेश आइपुगेका हुन् । टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

समूह ‘एफ’ मा रहेको नेपालले दुई खेलमा जित निकाल्न नसक्दा छनोट चरणबाटै बाहिरिन पुगेको थियो । फिलिपिन्सविरुद्धको खेलमा सुरुवाती अग्रता लिनका बावजुत अन्तिम दुई मिनेट सम्हालिन नसक्दा नेपालले २–१ को हार बेहोरेको थियो ।

दोस्रो खेलमा हङकङलाई दवावमा राखेपनि फिनिसिङमा चुकेपछि गोलरहित बराबरीमा रोकिदा नेपालले समूह चरण पार गर्न सकेन ।छनोटमा नेपालले दुई खेलबाट १ अंक मात्रै जोड्न सक्यो । यस समूहको शीर्ष टोलीले अर्को वर्षको २० जनवरीदेखि ६ फेब्रुअरीसम्म भारतमा हुने एसियन कप खेल्नेछ । महिला विश्वकपको लागि पनि अर्काे चरणमा प्रवेश गर्नेछ ।

नेपालले यसअघि तीनपटक एसियन कप खेलिसकेपनि चौथोपटक एसियन कप तथा विश्वकप छनोटमा अघि बढ्ने सम्भावना पनि यो बराबरीसँगै समाप्त भएको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.