default_image

3 years ago

September 24, 2021

एल क्लासिको अघि रियललाई बढी विश्राम

एजेन्सी – स्पेनिस ला लिगाको नयाँ सिजन २०२१–२२ को ‘एल क्लासिको’ अर्थात बार्सिलोना र रियल म्याड्रिडबीचको खेलको मिति र समय तय भएको छ । ला लिगाको १०औं राउन्डमा हुने सिजनको पहिलो एल क्लासिको क्याटलान क्लब बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ । खेल अर्काे महिना अर्थात २४ अक्टोवरमा नेपाली समयअनुसार राति ११:४५ बजे हुनेछ । […]

43 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको नयाँ सिजन २०२१–२२ को ‘एल क्लासिको’ अर्थात बार्सिलोना र रियल म्याड्रिडबीचको खेलको मिति र समय तय भएको छ ।

ला लिगाको १०औं राउन्डमा हुने सिजनको पहिलो एल क्लासिको क्याटलान क्लब बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ । खेल अर्काे महिना अर्थात २४ अक्टोवरमा नेपाली समयअनुसार राति ११:४५ बजे हुनेछ । क्लासिकोमा लामो समयपछि लियोनेल मेस्सी हुनेछैनन् । उनी यसै समरमा फ्रान्सेली क्लब पीएसजी पुगेका छन् ।

दुवै टोली च्याम्पियन्स लिगको समूह चरणको तेस्रो राउन्डपछि क्लासिकोमा उत्रनेछन् । च्याम्पियन्स लिगमा बार्सिलोनाले घरेलु मैदानमा २० अक्टोवरमा डिनामो किएभसँग तथा रियलले साख्तर डोनेस्कसँग १९ अक्टोवरमा खेल्दैछ ।

नयाँ सिजनमा रियल म्याड्रिडले उच्च प्रदर्शनलाई निरन्तरता दिइरहँदा बार्सिलोना आफ्नो लयमा फर्कन सकेको छैन । चोटका कारण प्रमुख खेलाडीहरु मैदान बाहिर रहेपछि बार्सिलोना समस्यामा छ । रियलका करिम बेन्जेमा करिअरकै उच्च लयमा रहेको छ । उनले ला लिगाको सुरुवाती ६ खेलमा ८ गोल र ७ असिस्ट दिएका छन् । भिनिसियस जुनियरले ६ खेलमा ५ गोल र २ असिस्ट दिएका छन् ।

ला लिगाको छैटौं चरणको खेल सकिँदा रियल म्याड्रिड ५ जित र १ बराबरीका साथ १६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । अपराजित नै रहेपनि बार्सिलोनाले ५ खेलमा २ जित र ३ बराबरीका साथ ९ अंक जोडेर सातौं स्थानमा रहेको छ । रियलले बार्सिलोनालाई ७ अंकले पछि पारिसकेको छ ।

बिहीबार राति बार्सिलोना क्याडिजसँग गोलरहित बराबरीमा रोकिन पुगेको थियो । त्यसको अघिल्लो दिन रियलले रियल मलोर्कामाथि ६–१ को सानदार जित निकालेको थियो । क्लासिको अघि दुवै टोलीले तीन ला लिगाका खेल र दुई च्याम्पियन्स लिगको खेल खेल्नेछन् । रियलले भिल्लारियल, एफसी सेरिफ स्पान्योल, एथलेटिको बिल्वाओ र साख्तरसँग खेल्नेछ । बार्सिलोनाले लेभान्टे, बेन्फिका, एट्लेटिको म्याड्रिड, भ्यालेन्सिया र डिनामो किएभसँग खेल्नेछ ।

यो सिजन रियल म्याड्रिड सुरुवाती ७ खेलमा अपराजित छ । जसमा ६ जित र एक बराबरीको नतिजा छ । बार्सिलोनाले ६ खेलमा दुई जित, ३ बराबरी र एक हारको नतिजा निकालेको छ ।

यसै समरमा बार्सिलोना आएका अर्जेन्टिनी फरवाड सर्जियो अगुएरो र औसमाने डेम्वेलेले रियलविरुद्ध खेल्ने सम्भावना छ । अन्सु फाती, मार्टिन ब्रेथवेट र पेड्रीले खेल्ने सम्भावना न्युन छ । यता, रियलका टोनी क्रुस, ग्यारेथ बेल र फर्लान्ड मेन्डीले चोटबाट पूनरागमन गर्न सक्नेछन् ।

रियल र बार्सिलोनाबीचको पछिल्लो २९ खेलको नतिजामा बार्सिलोना १६ खेलमा विजयी भएको छ । रियलले १३ खेल जित्दा १० खेल बराबरीमा सकिएको छ । रियल पछिल्लोपटक ३ मार्च २०१९ मा घरेलु मैदानमा १–० ले पराजित भएको थियो । त्यसयता पछिल्लो चार खेलमा रियल बार्सिलोनासँग अपराजित छ । जसमा ३ जित र १ बराबरीको नतिजा छ ।

एल क्लासिकोमा यि दुई टोली आधिकारिक खेलमा २४६ पटक खेलेका छन् । जसमा रियलले ९८ खेल आफ्नो पक्षमा पारेको छ । ९६ खेल बार्सिलोनाको पक्षमा रहँदा ५२ खेल बराबरीमा सकिएको छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.