default_image

3 years ago

September 25, 2021

मेस्सीले मोन्टपेलिएरविरुद्धको खेल गुमाउने

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले फ्रेन्च लिग वान अन्तर्गतका मोन्टपेलिएरविरुद्धको खेल गुमाउने भएका छन् । पीएसजीले आज (शनिबार) मोन्टपेलियरविरुद्ध घरेलु मैदानमा खेल्दैछ । खेल राति १२ः४५ बजे हुदैछ । चोटका कारण मेस्सीले मोन्टपेलिएरविरुद्धको खेल गुमाउने भएको क्लबले जनाएको छ । पीएसजी ७ खेलमा ७ जितसहित २१ अंक […]

110 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले फ्रेन्च लिग वान अन्तर्गतका मोन्टपेलिएरविरुद्धको खेल गुमाउने भएका छन् ।

पीएसजीले आज (शनिबार) मोन्टपेलियरविरुद्ध घरेलु मैदानमा खेल्दैछ । खेल राति १२ः४५ बजे हुदैछ । चोटका कारण मेस्सीले मोन्टपेलिएरविरुद्धको खेल गुमाउने भएको क्लबले जनाएको छ । पीएसजी ७ खेलमा ७ जितसहित २१ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

पीएसजीले मेस्सीको घुँडामा सामान्य समस्या देखिएको जनाएको छ । चोटका कारण मेस्सीले मेट्जमाथि २–१ को जित निकालेको खेल पनि खेलेका थिएनन् । मेस्सीले लियोनमाथि २–१ को जित निकालेको खेलमा चोट बोक्न पुगेको थियो ।

चोटको सम्भावनालाई मध्यनजर गर्दै प्रशिक्षक मौरिसियो पोचेटिनोले उनलाई लियोनविरुद्धको खेलको ७६औं मिनेटमा सव्सिच्युट गरेको थियो । आफुलाई सब्सिच्युट गरेपछि मेस्सीले प्रशिक्षकको निर्णयमा असहमति जनाएको दृश्य देखिएको थियो । पछि मेस्सी र पोचेटिनोबीच दुरी बढेको समाचार आएपनि प्रशिक्षक पोचेटिनाले चोटको सम्भावनालाई ध्यानमा राख्दै मेस्सीलाई सब्सिच्युट गरिएको बताएका थिए ।

यसै समरमा क्याटलान क्लब बार्सिलोनाबाट फ्रि एजेन्टमा पीएसजी आएका मेस्सीले पीएसजीका लागि तीन खेल खेल्दा गोल गर्न सकेका छैनन् ।
यस्तै मेस्सीले च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीविरुद्धको खेल पनि गुमाउने सम्भावना रहेको छ ।

प्रशिक्षक पोचेटिनोले मेस्सीले चयाम्पियन्स लिग खेल्ने नखेल्ने आइतबार मात्रै थाहा हुने बताएको छ । ‘लियो आजदेखि सामान्य प्रशिक्षणमा फर्किएको छ । हामी आइतबार एक अपडेट दिन सक्षम हुनेछौं । हामी आशा गर्छौं कि सबै कुरा ठीक हुनेछ र उनी फेरि सिटीविरुद्धको खेलमा उपलब्ध हुनेछ ।’ पोचेटिनोले भने ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.