default_image

3 years ago

September 25, 2021

चेल्सी र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (शनिबार) विभिन्न ७ खेलमा प्रतिस्पर्धा हुदा लन्डन क्लब चेल्सीले घरेलु मैदानमा साविकको विजेता म्यानचेस्टर सिटीको आतिथ्यता गर्दैछ । खेल स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार साँझ ५ः१५ बजे हुनेछ । अपराजित रहेर शीर्षस्थानमा रहेको चेल्सी घरेलु मैदानमा साविकको विजेता म्यानचेस्टर सिटीलाई हराउँदै आफ्नो शीर्षतालाई यथावत राख्ने लक्ष्यमा मैदान उत्रनेछ । चेल्सी […]

49 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (शनिबार) विभिन्न ७ खेलमा प्रतिस्पर्धा हुदा लन्डन क्लब चेल्सीले घरेलु मैदानमा साविकको विजेता म्यानचेस्टर सिटीको आतिथ्यता गर्दैछ ।

खेल स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार साँझ ५ः१५ बजे हुनेछ । अपराजित रहेर शीर्षस्थानमा रहेको चेल्सी घरेलु मैदानमा साविकको विजेता म्यानचेस्टर सिटीलाई हराउँदै आफ्नो शीर्षतालाई यथावत राख्ने लक्ष्यमा मैदान उत्रनेछ ।

चेल्सी ५ खेलबाट ४ जित र १ बराबरीका साथ १३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान १३ अंक नै रहेपनि चेल्सीले लिभरपुल र म्यानचेस्टर युनाइटेडलाई गोलअन्तरमा पछि पारेको छ ।

टोलीसँग लयमा रहेका बेल्जियन फरवार्ड रोमेलु लुकाकु, काई हाभर्टज, मार्काेस अलन्सो, माटियो कोभासिस, जर्गिन्हो, एङ्गोलो कान्टे, सिसर एज्पिलिक्वेटा, एन्टेनियो रुडिगर, थियागो सिल्भा, एन्ड्रिएस क्रिस्टेन्सेन र गोलरक्षक इडुआर्ड मेन्डी रहेका छन् । चेल्सीले ५ खेलमा १ गोल मात्रै खाएको छ ।

चोटका कारण टिमो वेर्नरले खेल्ने सम्भावना न्युन छ । कलुम हड्सन ओडोइ, मासन माउन्ट, रिस जेम्स, सउल निग्वेज, बेन चिलवेल र हाकिमी जियाच पनि टोलीमा रहेका छन् ।

यता, म्यानचेस्टर सिटी पनि घरेलु टोली चेल्सीलाई स्तब्ध पार्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । सिटी १० अंक जोडेर पाँचौ स्थानमा रहेको छ । सिटी गत वर्ष तीन् खेलमा भोगेको हारको बदला लिने लक्ष्यमा हुनेछ ।

टोलीसँग ज्याक ग्रेलिस, फेरान टोरेस, गाव्रियल जेसस, फिल फोडेन, फर्नान्डिन्हो, केभिन डि ब्रुयन, जोओ क्यान्सेलो, नाथन एके, रुवेन डियास, केल वाल्कर र गोलरक्षक इडर्सन मोराएस रहेका छन् ।

इल्केए गुन्डोगान, जोन स्टोन्स र रोड्रीले चोटका कारण खेल्ने सम्भावना न्युन रहँदा एमेरिक लापोर्टाले चेल्सीविरुद्ध उपलब्ध हुनेछैनन् । यसबाहेक टोलीसँग रियाद महारेज, रहिम स्टर्लिङ र बर्नाडो सिल्भाको साथ रहेको छ ।

चेल्सी र सिटीबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएके छ । पछिल्लो तीन खेलमा चेल्सीले सिटीसँग हार बेहोर्नु परेको छैन । जसमा तीन जित नै रहेको छ । गत सिजन यि दुई टोलीले चार खेल खेल सिटीले एक खेलमा मात्रै सफलता पाएको थियो ।

यि दुई टोलीको पछिल्लो ३२ खेलको नतिजामा सिटीले १६ खेल जितेको छ । १२ खेल चेल्सीले आफ्नो पक्षमा पार्दा ४ खेल बराबरीमा सकिएको छ ।

अन्य खेल

चेल्सीविरुद्ध म्यानचेस्टर सिटी (साँझ ५ः१५ बजे)

म्यानचेस्टर युनाइटेडविरुद्ध एस्टन भिल्ला (साँझ ५ः१५ बजे)

एभर्टनविरुद्ध नर्विच सिटी (राति ७ः४५ बजे)

लिड्सविरुद्ध वेस्ट ह्याम (राति ७ः४५ बजे)

लेस्टरविरुद्ध बर्नले (राति ७ः४५ बजे)

वाट्फोर्डविरुद्ध न्युक्यासल (राति ७ः४५ बजे)

ब्रेन्टफर्डविरुद्ध लिभरपुल (राति १०ः१५ बजे)

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.