default_image

3 years ago

September 25, 2021

रियल म्याड्रिडलाई भिल्लारियलको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा आज (शनिबार) राति शीर्षस्थानमा रहेको रियल म्याड्रिडले घरेलु मैदानमा भिल्लारियलको आतिथ्यता गर्दैछ । खेल सान्टियागो बर्नबेउमा नेपालीसमयअनुसार राति १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा रियल भिल्लारियललाई हराउँदै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिदै शीर्षतालाई थप मजवुत बनाउन चहान्छ । रियल ६ खेलमा ५ जित र १ बराबरीका साथ १६ […]

35 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा आज (शनिबार) राति शीर्षस्थानमा रहेको रियल म्याड्रिडले घरेलु मैदानमा भिल्लारियलको आतिथ्यता गर्दैछ । खेल सान्टियागो बर्नबेउमा नेपालीसमयअनुसार राति १२ः४५ बजे हुनेछ ।

घरेलु मैदानमा हुने खेलमा रियल भिल्लारियललाई हराउँदै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिदै शीर्षतालाई थप मजवुत बनाउन चहान्छ । रियल ६ खेलमा ५ जित र १ बराबरीका साथ १६ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

टोलीसँग लयमा रहेका कप्तान करिम बेन्जेमा, मिनिसियस जुनियरको साथ रहेको छ । बेन्जेमा र भिनिले रियलको २२ मध्ये १३ गोल एक आपसमा गरेका छन् । ९ असिस्ट पनि उनीहरुको नाममा रहेको छ ।

यस्तै इडेन हाजार्ड, लुका मोड्रिच, क्यासमिरो, इडुआर्डाै कामाभिंगा, मिगुइल गुइटेरेजडेभिड अलाबा, इडर मिलिसाओ, नाचो फर्नान्डेस र गोलरक्षक थिवाउट कोर्टुवाको साथ रहेको छ । रोड्रिगो, लुका जोभिक र इस्को पनि टोलीमा रहेका छन् । टोनी क्रुस चोटपछि पूनरागमन गर्न सक्नेछ ।

यता, भिल्लारियल पनि घरेलु टोली रियललाई स्तब्ध पार्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । भिल्लारियल ७ अंक जोडेर १२औं स्थानमा रहेको छ । टोलीसँग पाको एल्कासेर, बोउलाए डिया, अर्नाउट डानजुमा, इटिन कापोइ, ड्यानियल पारेजो, पाउ टोरे, राहुल अल्वियोल, जुआन फोयथ र गोलरक्षक जिरोनिमो रुइली रहेका छन् ।

यि दुई टोलीबीचको पछिल्लो २० भेटमा रियल १० खेलमा विजयी भएको छ । ८ खेल बराबरीमा सकिदा दुई खेल भिल्लारियलले आफ्नो पक्षमा पारेको छ । गत सिजनमा रियलले एक खेल आफ्नो पक्षमा पार्दा एक खेल बराबरीमा सकिएको थियो ।

अन्य खेल

एलाभेसविरुद्ध एट्लेटिको म्याड्रिड (साँझ ५ः४५ बजे)

भ्यालेन्सियाविरुद्ध एथलेटिको बिल्वाओ (राति ८ः०० बजे)

सेभियाविरुद्ध स्पान्योल (राति १०ः१५ बजे)

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.