default_image

3 years ago

September 25, 2021

फर्नान्डेस पेनाल्टीमा चुक्दा म्यानचेस्टर युनाइटेड घरमै स्तब्ध

एजेन्सी – खेलको अन्त्यतिर पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेस पेनाल्टीमा चुक्दा म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार घरेलु मैदान ओल्ड ट्राफर्डमा एस्टन भिल्लासँग स्तब्ध बनेको छ । निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी रहँदा कोर्टने हायुजले गोल गरेपछि म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा एस्टन भिल्लासँग १–० ले स्तब्ध बनेको हो । ओल्ड ट्राफोर्डमा इन्ज्युरी समयको थप […]

135 views

0 Bookmark

एजेन्सी – खेलको अन्त्यतिर पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेस पेनाल्टीमा चुक्दा म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार घरेलु मैदान ओल्ड ट्राफर्डमा एस्टन भिल्लासँग स्तब्ध बनेको छ ।

निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी रहँदा कोर्टने हायुजले गोल गरेपछि म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा एस्टन भिल्लासँग १–० ले स्तब्ध बनेको हो । ओल्ड ट्राफोर्डमा इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा पेनाल्टीमार्फत बराबरी गर्ने अवसर पाएपनि ब्रुनो फर्नान्डेस पेनाल्टीमा चुक्दा म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा एस्टन भिल्लासँग १–० ले स्तब्ध बनेको हो ।

खेलको १६औं मिनेटमा जोन म्याक्जिनको पासमा माट टार्गेटको प्रहार पोस्टमाथिबाट थोरै बाहिरिदा एस्टन भिल्ला अग्रता लिनबाट चुक्यो । ४०औं मिनेटमा डगलस लुइजको पासमा कोन्साले आरोन वान विशाकालाई बिट गर्दै गरेको हेडर क्रसबारबाट थोरै बाहिरियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा ब्रुनो फर्नान्डेसको कर्नरमा राफयल भरानको फ्लिक पासमा पल पोग्वाको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा म्यानचेस्टर युनाइटेड अग्रता लिनबाट चुक्यो ।

६१औं मिनेटमा पोग्वाकै प्रहार सदुपयोग हुन सकेन । ६९औं मिनेटमा ओले वाट्किन्सको प्रहारलाई युनाइटेडका गोलरक्षक डेभिड हे गेयाले बचाउँदै एस्टन भिल्लाको अग्रता टारे । ८८औं मिनेटमा कोर्टने हायुजले डगलस लुइजको पासमा गोल गर्दै पाहुना टोलीलाई १–० को अग्रता दिलाए ।

इन्ज्युरी समयमा ब्रुनो फर्नान्डेसको क्रसलाई हायुजले पेनाल्टी क्षेत्रमा हातले छुन पुगेपछि रेफ्रीले म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी प्रदान गरे । ब्रुनो फर्नान्डेसको पेनाल्टी आकासिएपछि युनाइटेड घरमै १–० ले स्तब्ध बन्न पुग्यो । नयाँ सिजनको प्रिमियर लिगमा युनाइटेडको यो पहिलो हार हो । यो हारपछि युनाइटेड ६ खेलबाट १३ अंक जोडेर चौथो स्थानमा रहेको छ । एस्टन भिल्ला १० अंक जोडेर सातौ स्थानमा उक्लिएको छ ।

यो पनि : म्यानचेस्टर सिटीसँग चेल्सीको हार

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.