एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले लगातार दोस्रो जित निकालेको छ । खेलमा पछि परेपनि दोस्रो हाफमा पुनरागमन गर्दै युभेन्टसले साम्पडोरियालाई ३–२ ले पराजित गरेको हो ।

युभेन्ट्सको जितमा मोइस किन, फेडरिको किएजा र म्याथिस डि लिग्टले गोल गरे । घरेलु टोलीका इमानयुयल क्वार्टसिन ग्यासी र जानिस एन्टिस्टेले गोल फर्काए । सुरुवाती चार खेलमा जित निकाल्न नसकेको युभेन्ट्सले पाँचौ चरणको खेलमा स्पेजियालाई हराएर जितको लयमा फर्किएको थियो । क्रिस्टियानो रोनाल्डोको प्रस्थानपछि टोली स्वभाविक लयमा प्रस्तुत हुन सकेको थिएन ।
स्टेडियो अल्बर्टाे पिक्को ला स्पेजियामा आइतबार साँझ भएको खेलमा युभेन्ट्सले खेलको २८औं मिनेटमा मोइस किनको गोलबाट अग्रता लिएको थियो । ३३औं मिनेटमा इमानयुयल क्वार्टसिन ग्यासीले गोल गर्दै खेलदलाई १–१ गोलको बराबरीमा ल्याए ।
४९औं मिनेटमा जानिस एन्टिस्टेले गोल गर्दै स्पेजियालाई २–१ को अग्रता दिलाए । ६६औं मिनेटमा किएजाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ७२औं मिनेटमा डी लिग्टले गोल गर्दै युभेन्ट्सको जित पक्का गरे ।
यस जितपछि युभेन्ट्स ६ खेलमा ८ अंक जोडर नवौं स्थानमा उक्लिएको छ । युभेन्ट्स शीर्षस्थानको एसी मिलानभन्दा ८ अंकले पछि छ । पराजित स्पेजिया ४ अंकसहित १७औं स्थानमा छ ।