default_image

3 years ago

September 27, 2021

उधारोमा साफ खेल्दै फुटबल खेलाडी!

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोली साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न सोमबार माल्दिभ्स प्रस्थान गर्दैछ । कतारमा दुई साता लामो प्रशिक्षण क्याम्पपछि टोली त्यसतर्फ प्रस्थान गर्न लागेको हो । तर साफ च्याम्पियनसिप खेल्न माल्दिभ्स जाने टोलीका खेलाडीले प्रशिक्षण भत्ता र घोषित पुरस्कार नपाएको लामो समय भएको छ । नेपाली टोली पछिल्लो समय एक वर्षयता निरन्तर बन्द […]

99 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली राष्ट्रिय फुटबल टोली साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न सोमबार माल्दिभ्स प्रस्थान गर्दैछ । कतारमा दुई साता लामो प्रशिक्षण क्याम्पपछि टोली त्यसतर्फ प्रस्थान गर्न लागेको हो । तर साफ च्याम्पियनसिप खेल्न माल्दिभ्स जाने टोलीका खेलाडीले प्रशिक्षण भत्ता र घोषित पुरस्कार नपाएको लामो समय भएको छ ।

नेपाली टोली पछिल्लो समय एक वर्षयता निरन्तर बन्द प्रशिक्षणमा रहेको छ । कोरोना संक्रमणकै समयमा बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलको लागि टोली प्रशिक्षणमा होमिएको थियो । सन् २०२० नोभेम्बरमा टोलीले बंगलादेश गएर मैत्रीपूर्ण खेल पनि खेल्यो । त्यसपछि मार्च महिनामा नेपालले थ्री नेसन्स कप आयोजना गर्यो ।

त्यसको उपाधि समेत जितेको टोलीलाई एन्फा र सरकारले पुरस्कार घोषणा गरेका थिए । सरकारले केहि महिनाअघि पुरस्कार दिइसकेको छ तर एन्फाले भने अझै दिएको छैन । त्यसबेला टोलीलाई जनही १ लाख रुपैयाँ प्रदान गरिने बताएपनि खेलाडीले ५ महिना बित्दासम्म पनि सो पुरस्कार पाएका छैनन् ।

विश्वकप छनोटको लागि कुवेत जानुअघि पनि टोली बन्द प्रशिक्षणमा थियो, त्यसबेलाको पनि एन्फाले खेलाडीलाई भत्ता दिएको छैन । एन्फाले गतवर्ष भएको वार्षिक साधारण सभामा आर्थिक कार्यविधि पास गर्दै खेलाडीलाई विदेशी प्रतियोगितामा जाँदा प्रति दिन ३५ अमेरिकी डलर दिने निर्णय गरेको छ । प्रशिक्षणको भत्ता विषयमा भने कार्यविधिमा केहि प्रष्ट पारिएको छैन । कार्यविधिमा पदाधिकारीको विदेश भ्रमण, स्वदेश भ्रमण, बैठक भत्ता लगायत शीर्षक समावेश हुँदा खेलाडीको विषयमा भने उल्लेख गरिएको छैन ।

राष्ट्रिय टोलीकै प्रशिक्षणका कारण खेलाडीहरु पछिल्लो समय क्लबबाट तलब लिन पाइरहेका छैनन् । एकपछि अर्को प्रतियोगिताका कारण सम्झौता गरेपनि लिग सुरु नहुँदासम्म अधिकांश क्लबले सम्झौता कार्यान्वयन गर्न सकेका छैनन् । एकातर्फ क्लबबाट पनि पैसा नआउने र राष्ट्रिय टोलीको भत्तासमेत प्राप्त नहुँदा खेलाडी समस्यामा छन् ।

त्यसअघि सन् २०१९ डिसेम्बरमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को फुटबलमा स्वर्ण जित्ने टोलीलाई पनि एन्फाले साढे ५ लाख दिने घोषणा गरेको थियो । उक्त रकम पनि पूरा दिन सकेको छैन । त्यसो त घोषणा गरेको पुरस्कार नदिने नयाँ नेतृत्वको पुरानै सिलसिला हो । सन् २०१७ को साफ यू-१८ च्याम्पियनसिपमा उपाधि जित्ने टोलीलाई एन्फाले २ लाख रुपैयाँ दिने घोषणा गरेको थियो । तर पुरानो नेतृत्वले घोषणा गरेको उक्त पुरस्कार कर्मा छिरिङ शेर्पाको नेतृत्वले हालसम्म पूरा दिन सकेको छैन ।

त्यसो त एन्फाको नयाँ नेतृत्वको आगमनअघि चुनावी दौडमा आर्थिक पारदर्शीता सबैभन्दा ठूलो नारा रहेको थियो । तर निर्वाचित भएयता एन्फा एक पछि अर्को विवादमा फस्दै आएको छ । एन्फा कार्यालयको टेन्डर प्रक्रिया लगायत अन्य विविध विषयमा एन्फा कार्यसमिति सदस्यबीच नै मनमुटाव रहेको विषय लुकेको छैन । वित्तिय निर्देशकका रुपमा आएका निरनजंग शाहको नियुक्तिदेखि नै विवाद रहेको थियो । उनको कार्यशैलीमा नै एन्फा कार्यसमितिका सदस्यले सामाजिक संजालमा लेख्दै आएका छन् ।

वित्तीय निर्देशककै कारण पनि वर्षको सुरुवातमा एन्फाका कर्मचारीले केहि समय तलब नै पाएका थिएनन् । त्यसपछि उनले संघमा आएको हवाई खर्चमा आफ्नै बढोत्तरी गरेर पैसा तिरेको विषयमा पनि एन्फाले छानविन गरेको थियो । उक्त छानविनको प्रतिवेदन तयार भएपनि कार्यसमिति बैठक बस्न नसक्दा कारवाही प्रक्रिया अघि बढ्न सकेको छैन ।

शाह आफैं पछिल्लो समय जिल्ला भ्रमणमा पुगेका छन् । त्यसअघि पनि विभिन्न जिल्लाका प्रतियोगिता पुग्दै आएका उनको कार्यशैलीमा एन्फा नेतृत्व नै असन्तुष्ट रहेको बुझिएको छ । आवश्यक परेका शीर्षकमा बजेट पास गर्न आनाकानी गर्ने र आफ्नो स्वार्थ जोडिएका विषयलाई प्राथमिकतामा राख्ने गरेको आरोप उनीमाथि लाग्दै आएको छ । पछिल्लो साता फुटसल लिगका लागि पनि पोखरा पुगेपछि एन्फा नेतृत्वले उनलाई काठमाडौं फिर्ता बोलाएको थियो ।

गत वर्षको तलब समायोजन विषयमा पनि एन्फामा समस्या भएको थियो । निर्देशक शाहले आफू निकट कर्मचारीलाई ओभरटाइम समेत तलब निकासा गरिदिएको भन्दै आरोप लागेपछि एन्फाका सबै कर्मचारीको तलब केहि महिना रोकिएको थियो । तलब समायोजन विषयमा पनि आफू निकट कर्मचारीमा धेरै लचकता देखाएको पाइएपछि सो प्रक्रिया वित्तिय समितिका संयोजक शिक्षित पराजुलीले पुन: नयाँ समायोजन प्रक्रिया चालेका थिए ।

एन्फा महासचिव इन्द्रमान तुलाधरका अनुसार भने पछिल्लो समय फिफाको स्वीकृतिपछि मात्र शीर्षक अनुसार बजेट खर्च गर्न पाइने हुँदा खेलाडीको भत्ता रोकिएको बताए । उनले पुरस्कार रकम पनि किस्ताबन्दीमा दिने प्रक्रिया अघि बढेको जनाए । उनले वित्तिय निर्देशकको विषयमा भने कार्यसमिति बैठक बसेपछि मात्र निर्णय हुने जानकारी दिए ।

‘फिफाको स्वीकृतिपछि मात्र खर्च रिलिज हुन्छ । राष्ट्रिय टोलीको भत्ता रोकिएको बारे चाडै कदम चाल्नेछौं । पुरस्कारको विषयमा भने हामीले थोरै थोरै गर्दै दिनेछौं,’ उनले भने, ‘ वित्तीय निर्देशकको विषयमा हामीलाई जानकारी छ । छानविनको प्रतिवेदन पनि आएको छ । अब कार्यसमिति बैठकले यसको निर्णय गर्नेछ ।’

एन्फाको नयाँ नेतृत्व आगमनसँगै आर्थिक पारदर्शिताको नारा कार्यान्वयन हुने अपेक्षा थियो । तर एकपछि अर्को विवाद आउँदा नेतृत्वको नारा बोलीमा मात्र सिमित भएको छ । पदाधिकारीको भ्रमण र बैठकको भत्ताबारे कार्यविधि मै प्रष्ट हुँदा खेलाडीको भने केहि उल्लेख छैन । सामान्यतया फुटबल संघहरुले आर्थिक प्रतिवेदन सार्वजनिक रुपमा उपलब्ध गराउने गर्छन् । भारत लगायत देशले आफ्नो वेबसाइटमा नै पारदर्शी रुपमा आफ्नो बजेट र आर्थिक प्रतिवेदन पेश गर्छन् । तर नयाँ नेतृत्वले घोषणा गरेपनि त्यसो गर्न भने सकेको छैन ।

विगतमा एन्फामा आर्थिक विषयमा विवाद आउने गर्थे । तर खेलाडीले नै भत्ता नपाउने जस्तो विषय भने सुनिएको थिएन । पछिल्ला वर्षहरुमा फिफाले प्रदान गर्ने अनुदान र शीर्षक बढ्दै जाँदा खेलाडीले भने त्यसको प्रत्याभूति गर्न पाएका छैनन् । खेलाडीहरु क्लब छोडेर राष्ट्रिय टोलीमा व्यस्त हुँदापनि त्यसको भत्ता नपाउँदा जीविकोपार्जन मै समस्या आएको छ । एन्फा पदाधिकारी भ्रमणमा लिप्त रहेर भत्ता बुझ्दा कम्तिमा पनि खेलाडीले प्राप्त गर्ने सुविधामा भने कमी नआओस् । अझ प्रतियोगिताहरु खेल्नुअघिको अवस्थामा यस्तो समस्याले मनोबल कमजोर हुन्छ ।

मनोबलमै समस्याबारे त एन्फा यसअघि पन चुकिसकेको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपमा हाल टोलीमा रहेका २५ खेलाडी नै लग्ने बताएका थिए । तर अन्तिम समयमा एन्फाले दुई पदाधिकारीको लागि स्थान बनाउन दुई खेलाडीलाई नेपाल फर्काउनुपर्ने बताएको छ । प्रशिक्षक अलमुताइरीले यो निर्णय थाहा पाएपछि एन्फा नेतृत्वसमक्ष असन्तुष्टि समेत पोखेका थिए । तर एन्फाले दुई खेलाडीलाई फिर्ता बोलाउँदै अफिसियल थप्ने निर्णय गरेको छ ।

प्रतियोगिताकै मुखमा प्रशिक्षक र खेलाडीहरुको मनोबल बढाउन भन्दा समस्या सुल्झाउन पनि एन्फा चुकेको छ । पटक पटक विवादमा आएको नेतृत्वलाई कम्तिमा मैदानभित्रको समस्यालाई भने साम्य पार्न प्राथमिकतामा राख्नुपर्ने देखिन्छ । पहिलो पटक साफको फाइनल पुग्ने लक्ष्यमा रहेको टोलीले मैदानबाहिर यस्ता समस्या बिर्सेर अघि बढ्नुबाहेक अर्को विकल्प देखिन्न ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.