default_image

3 years ago

September 27, 2021

फातीको नजर ला लिगा र च्याम्पियन्स लिग उपाधिमा

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका युवा फरवार्ड अन्सु फातीका अनुसार क्लबले सिजनको अन्त्यमा स्पेनिस ला लिगा र यूईएफए च्याम्पियन्स लिगको उपाधिका लागि प्रतिस्पर्धा गरिरहेको हुनेछ । लामो समय चोटका कारण मैदानबाहिर रहेका फातीले आइतबार लेभान्तेविरुद्ध खेल्दै पुनरागमन गरे । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका उनले टोलीको जितमा गोल समेत गरे । यससँगै उनले टोलीको […]

40 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका युवा फरवार्ड अन्सु फातीका अनुसार क्लबले सिजनको अन्त्यमा स्पेनिस ला लिगा र यूईएफए च्याम्पियन्स लिगको उपाधिका लागि प्रतिस्पर्धा गरिरहेको हुनेछ ।

लामो समय चोटका कारण मैदानबाहिर रहेका फातीले आइतबार लेभान्तेविरुद्ध खेल्दै पुनरागमन गरे । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका उनले टोलीको जितमा गोल समेत गरे । यससँगै उनले टोलीको तीन खेल चलेको जितविहिन सिलसिलामा पनि पूर्णविराम लगाए ।

अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले क्लब छाडेपछि क्लब समस्यामा परेको छ । प्रशिक्षक रोनाल्ड कोम्यान पनि निरन्तर खराब नतिजाका कारण दबाबमा छन् । तर चोटबाट पुनरागमन गरेका फाती टोलीको लागि सिजन राम्रो हुनेमा सकारात्मक छन् । उनले त्यसको उदाहरण आइतबारको खेलमा पनि प्रस्तुत गरे ।

‘हामी बार्सिलोना हौं । हामी खेलेका सबै प्रतियोगिताको उपाधिका लागि खेल्नेछौं । विशेषगरी स्पेनिस ला लिगा र च्याम्पियन्स लिगमा हाम्रो नजर छ,’ उनले भने, ‘हुन त सबै टोली सम्पूर्ण उपाधिका लागि खेल्ने लक्ष्य राख्छन् । तर हामी बार्सा हौं र निरन्तर मिहिनेत गर्नेछौं ।’

मेस्सीको प्रस्थानपछि बार्सिलोनामा फातीले प्रतिष्ठित जर्सी नम्बर १० प्रयोग गर्ने भएका छन् । फातीले उक्त जर्सी लगाउँदा कुनै दबाब महसुस नभएको बताए । ‘म लिओपछि यो जर्सी लगाउन पाउँदा गौरवान्वित छु । म क्लब र कप्तानहरुलाई धन्यवाद भन्न चाहन्छु । मलाई कुनै दबाब छैन । यो नम्बरले क्लबको लागि धेरै योगदान दिएको छ र मैले लगाउन पाउँदा खुसी छु,’ उनले भने ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.