default_image

3 years ago

September 27, 2021

साफ खेल्न माल्दिभ्स पुग्यो नेपाली टोली

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ मा सहभागिता जनाउन नेपाली राष्ट्रिय फुटबल टोली सोमबार माल्दिभ्स पुगेको छ । प्रतियोगिताको तयारीका लागि कतारमा दुई साता लामो प्रशिक्षण गरेर टोली सोमबार विहान माल्दिभ्स प्रस्थान गरेको थियो । टोलीले कतारमा रहँदा अ‍ोमानको राष्ट्रिय टोली र स्थानमा क्लबसँग अनौपचारिक मैत्रीपूर्ण खेल समेत खेलेको थियो । त्यसअघि दशरथ रंगशालामा […]

59 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ मा सहभागिता जनाउन नेपाली राष्ट्रिय फुटबल टोली सोमबार माल्दिभ्स पुगेको छ ।

प्रतियोगिताको तयारीका लागि कतारमा दुई साता लामो प्रशिक्षण गरेर टोली सोमबार विहान माल्दिभ्स प्रस्थान गरेको थियो । टोलीले कतारमा रहँदा अ‍ोमानको राष्ट्रिय टोली र स्थानमा क्लबसँग अनौपचारिक मैत्रीपूर्ण खेल समेत खेलेको थियो । त्यसअघि दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दै टोली कतारतर्फ लागेको थियो ।

शुक्रबारदेखि सुरु हुने प्रतियोगिताका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यसअघि नै २३ सदस्यीय टोली घोषणा गरिसकेका छन् । उनले कतार गएको २५ जनाबाट गोलरक्षक विकेश कुथु र डिफेन्डर राजन गुरुङलाई बाहिर राखे । कतार प्रस्थान गर्नुअघि अलमुताइरीले २५ जनालाई नै माल्दिभ्स लग्ने भनेपनि एन्फाले सोको स्विकृती नदिएको हो ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा शुक्रबार साविक विजेता तथा आयोजक माल्दिभ्सको सामना गर्नेछ । त्यसपछि सोमबार टोलीले श्रीलंकासँग खेल्नेछ । उक्त खेलपछि लामो विश्राम लिँदै टोलीले १० अक्टोबर को दिन भारतको सामना गर्नेछ । लिग चरणको अन्तिम खेलमा बंगलादेशको सामना गर्दै नेपालले लिग चरण समाप्त गर्नेछ । नेपाल पहिलो पटक फाइनल प्रवेश गर्दै १६ अक्टोबरमा हुने उपाधि भिडन्तमा स्थान बनाउने प्रयासमा हुनेछ ।

नेपाली टोली हालसम्म साफ च्याम्पियनसिपको फाइनलमा पुग्न सकेको छैन । अघिल्लो संस्करणमा टोली माल्दिभ्ससँग ३-० ले पराजित हुँदै सेमिफाइनलमा रोकिएको थियो ।

साफको लागि घोषणा गरिएको अन्तिम टोली :

गोलरक्षक : किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की

डिफेन्डर : अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल,

मिडफिल्डर : विशाल राई, कमल थापा, नितिन थापा, पुजन उपरकोटी, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी, तेज तामाङ

फरवार्ड : आशिष लामा, अन्जन विष्ट, आयुष घलान, मनिष डाँगी, नवयुग श्रेष्ठ

This image has an empty alt attribute; its file name is Fixtures-SAFF-Nepal-1024x500.jpg

यो पनि : उधारोमा साफ खेल्दै फुटबल खेलाडी!

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

Success

Thank you for your time.