default_image

3 years ago

September 27, 2021

डिबाला र मोराटाले चेल्सीविरुद्ध नखेल्ने

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार हुने चेल्सीविरुद्ध समूह चरणको खेलमा युभेन्टसका फरवार्ड द्वय पाउलो डिबाला र अल्भारो मोराटा नखेल्ने भएका छन् । युभेन्टसका प्रशिक्षक मासिमिलिआनो एलेग्रीले दुवै फरवार्डले इटालियन सिरी ए का दौरान चोट बोकेपछि च्याम्पियन्स लिग खेल गुमाउने बताएका हुन् । लिगमा लगातार जित दर्ता गर्ने क्रममा युभेन्टसले साम्पडोरियालाई ३-२ ले हराएको […]

57 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार हुने चेल्सीविरुद्ध समूह चरणको खेलमा युभेन्टसका फरवार्ड द्वय पाउलो डिबाला र अल्भारो मोराटा नखेल्ने भएका छन् ।

युभेन्टसका प्रशिक्षक मासिमिलिआनो एलेग्रीले दुवै फरवार्डले इटालियन सिरी ए का दौरान चोट बोकेपछि च्याम्पियन्स लिग खेल गुमाउने बताएका हुन् । लिगमा लगातार जित दर्ता गर्ने क्रममा युभेन्टसले साम्पडोरियालाई ३-२ ले हराएको थियो । उक्त खेलमा सुरुवाती अग्रता दिलाएका डिबाला खेलको दोस्रो हाफमा चोट बोकेपछि आँशु झार्दै मैदान छाड्न बाध्य भएका थिए ।

‘अब हामीले मोराटा र डिबालाबिना कसरी खेल्ने भन्ने सोच्नुछ । हाम्रो लागि यो निर्णायक खेल त होइन । जेनिटविरुद्ध खेलका लागि हामी तयार हुनुछ,’ प्रशिक्षक एलेग्रीले भने । मोराटा पनि त्यसै खेलमा चोट बोकेपछि उनको पूर्व क्लब चेल्सीविरुद्ध नखेल्ने भएका हुन् ।

टोलीका मिडफिल्डर म्यानुएल लोकाटेलीले भने डिबालाको कमी महसुस हुने बताए । ‘आशा गरौं चोट गम्भीर छैन । उनी हाम्रा टोलीका महत्त्वपूर्ण खेलाडी हुन् । चाडै मैदान फर्कनेछन् भन्ने आशा छ,’ उनले भने ।

युभेन्टस च्याम्पियन्स लिगको समूह एचमा रहेको छ । पहिलो चरणमा माल्मोलाई ३-० ले हराएको इटालियन टोलीले अब चेल्सीसँग खेल्दैछ । चेल्सीले पहिलो खेलमा जेनिटलाई १-० ले हराएको थियो ।

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

Success

Thank you for your time.