default_image

3 years ago

September 27, 2021

झापामा दिलमाया स्मृति कप फुटबल हुने

हिमाल खरेल, बिर्तामोड झापाको संघिय क्षेत्र नम्बर ४ मा वडास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासंघको आयोजनामा दिलमाया स्मृति कप २०७८ हुन लागेको हो । झापाको सुरुङ्गामा सोमबारमा भएको पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी गराएको हो । यो क्षेत्रमा रहेका २८ वडाले प्रतियोगितामा सहभागिता जनाउने छन् । यस क्षेत्रअन्तर्गत रहेका कनकाई नगरपालिकाका ७, […]

65 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

झापाको संघिय क्षेत्र नम्बर ४ मा वडास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासंघको आयोजनामा दिलमाया स्मृति कप २०७८ हुन लागेको हो । झापाको सुरुङ्गामा सोमबारमा भएको पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी गराएको हो । यो क्षेत्रमा रहेका २८ वडाले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

यस क्षेत्रअन्तर्गत रहेका कनकाई नगरपालिकाका ७, झापा गाउँपालिकाका ७, शिवसताक्षी नगरपालिकाका ११, गौरादह नगरपालिकाको एक र गौरीगञ्ज गाउँपालिकाका २ वडाले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक सुनिल भेटवालले जानकारी दिए ।

प्रतियोगिताअघि पूर्वछनोट गराइनेछ । सो क्षेत्रअन्तर्गत कनकाई नदी पूर्व १४ र पश्चिममा १४ वटा वडा रहेका छन् । जसअनुसार कनकाई र झापाबाट दुईदुई, शिवसताक्षीबाट तीन र गौरीगञ्ज र गौरादहबाट एक टिम छनोट चरण पार गरेर अन्तिम आठमा प्रवेश गर्ने खेल व्यवस्थापन संयोजक गजेन्द्र ताम्ली लिम्बूले बताए ।

स्थानीय वडाहरुले आफ्नो पालिकामा छनोट चरण खेल्ने छन् भने क्वार्टर फाइनलदेखिका सात खेल दुधे खेल मैदान हुने छन् । पालिकाको छनोट खेलहरु असोज १२ गतेबाट सुरु हुने छन् भने अन्तिम आठको खेल तथा उट्घाटन कार्यक्रम कात्तिक ८ गते र फाइनल खेल कात्तिक १६ गते हुने महासंघले जनाएको छ ।

भेटवालका अनुसार प्रतियोगिताका विजेताले नगद दुई लाख २५ हजार र उपविजेताले एक लाख २५ हजार तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, अन्तिम आठबाट बाहिरिने चारवटा टिमले नगद १५ हजार र अन्तिम चारबाट बाहिरिने दुई टिमले नगद २५ हजार पाउने छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ भने प्रत्येक खेलको म्यान अफ द म्याचले दुई हजार ५ सय रुपैयाँ पाउनेछ । व्यक्तिगत विधातर्फ उच्च गोलकर्ताले सात हजार ५ सय तथा उत्कृष्ट रक्षक, उत्कृष्ट मिड फिल्ड र उत्कृष्ट गोलरक्षकले समान ५ हजार रुपैयाँ पाउने भेटवालले जानकारी दिए ।

प्रतियोगिताका लागि झन्डै १७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । आयोजक नेपाल खेलकुद महासंघले २८ वटै टिमलाई आज ६ सय थान जर्सीसमेत प्रदान गरेको थियो । प्रतियोगिता सम्पन्न गर्न दिलमायाको स्मृतिमा उनका पति बुद्धिमान साँवा तथा साँवा परिवारले सम्पूर्ण खर्च व्यवस्थापन गर्ने बताइएको छ । स्वर्गीय दिलमाया सो क्षेत्रका संघीय सांसद एलपी साँवा लिम्बूकी आमा हुन् ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.