default_image

3 years ago

September 28, 2021

क्रिस्टल प्यालेस र ब्राइटनको बराबरी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेस ब्राइटनले बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु टोली ब्राइटनले सुरुवाती अग्रता लिन नसक्दा १–१ गोलको बराबरी खेलेको हो । सेलह्रस्ट पार्कमा प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा वेलफ्रेड जाहाले गोल गर्दै क्रिस्टल प्यालेसलाई १–० को अग्रता दिलाए । पेनाल्टी बक्समा ट्रोससार्ड र […]

36 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेस ब्राइटनले बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु टोली ब्राइटनले सुरुवाती अग्रता लिन नसक्दा १–१ गोलको बराबरी खेलेको हो ।

सेलह्रस्ट पार्कमा प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा वेलफ्रेड जाहाले गोल गर्दै क्रिस्टल प्यालेसलाई १–० को अग्रता दिलाए । पेनाल्टी बक्समा ट्रोससार्ड र कुकुरेल्लाले गल्लाघेरलाई फ गरेपछि रेफ्रीले क्रिस्टल प्यालेसलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा जाहा चुकेनन् ।

घरेलु मैदानमा जिततर्फ अघि बढेको क्रिस्टल प्यालेस अन्तिम समयमा सम्हालिन नसक्दा अंक बाड्न बाध्य बन्यो । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा निल मोउपेले गोल गर्दै ब्राइटनलाई हराबाट जोगाए ।

यो बराबरीपछि ब्राइटनले शीर्षस्थानमा उक्लने मौका गुमाउँदा छैटौं स्थानमा रहेको छ । म्यानचेस्टर सिटी, चेल्सी, म्यानचेस्टर युनाइटेड र एभर्टनसँग समान १३ अंक रहेपनि ब्राइटन गोलअन्तरमा पछि छ । शीर्षस्थानको लिभरपुलको १४ अंक छ । क्रिस्टल प्यालेस ६ अंक जोडेर १५औं स्थानमा छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.