default_image

3 years ago

September 28, 2021

बार्सिलोना, युभेन्ट्स र रियललाई थप कारवाही नहुने

एजेन्सी – विवादास्पद बनेको सुपर लिगका संस्थापक टोली क्याटलान क्लब बार्सिलोना, इटालियन क्लब युभेन्ट्स र स्पेनिस क्लब रियल म्याड्रिडलाई थप कारवाही नहुने भएको छ । युरोपियन फुटबलको नियमक निकाय (युइएफए) यि तीन टोलीलाई थप कारवाहीबाट पछि हटेको हो । गत वर्ष विभिन्न १२ टोलीको सहमतिमा सुपर लिगको अवधारणा ल्याएपनि युइएफएको चेतावानीपछि अन्य ९ टोलीले सुपर […]

35 views

0 Bookmark

एजेन्सी – विवादास्पद बनेको सुपर लिगका संस्थापक टोली क्याटलान क्लब बार्सिलोना, इटालियन क्लब युभेन्ट्स र स्पेनिस क्लब रियल म्याड्रिडलाई थप कारवाही नहुने भएको छ ।

युरोपियन फुटबलको नियमक निकाय (युइएफए) यि तीन टोलीलाई थप कारवाहीबाट पछि हटेको हो । गत वर्ष विभिन्न १२ टोलीको सहमतिमा सुपर लिगको अवधारणा ल्याएपनि युइएफएको चेतावानीपछि अन्य ९ टोलीले सुपर लिगबाट हात झिक्दा यि तीन टोली सुपर लिगकै पक्षमा अडिग रहेका थिए ।

सुपर लिगमै अडान लिएपछि युइएफएले स्पेनिस र इटालियन पक्षलाई कानुनी कारवाहीको धम्की दिँदै च्याम्पियन्स लिगबाट नै निलम्बन गर्न सक्ने चेतावानी दिएको थियो । तर गत मेमा म्याड्रिड अदालतले यो कारवाही कानुन बाहिर रहेको फैसला निकालेपछि युइएफएको कारवाही प्रक्रिया ढिला हुँदा पछिल्लोपटक युइएफए थप कारवाही प्रक्रियाबाट पछि हटेको हो ।

युइएफएको अपिल निकायले यो मुद्दा खारेज भएको घोषणा गरेको छ । यसको अर्थ यि तीन क्लबले तत्कालका लागि कुनै कारवाहीको सामना गर्नुपर्ने छैन । अपिल निकायको विज्ञप्तिमा बार्सिलोना, युभेन्ट्स र रियल म्याड्रिडविरुद्ध कथित सुपर लिगको अवधारणाले युइएफएको कानुनी ढाँचाको उल्लंघनको मामलामा भएको कारवाही स्थगित गरिएको उल्लेख छ ।

सुपर लिग के हो ?

युरोपेली फुटबलमा एकछत्र राज गरिरहेको च्याम्पियन्स लिगलाई चुनौती दिने गरी गत अप्रिलमा विवादास्पद नयाँ ढाँचाको सुपर लिगको घोषणा गरिएको थियो । आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, टोटेनहम, एट्लेटिको म्याड्रिड, एसी मिलान र इन्टर मिलान सुपर लिगको संस्थापक सदस्य रहेका थिए ।

सुपर लिगको युइएफए र युरोपभरका राष्ट्रिय फुटबल संघसँगै क्लबका समर्थकको सर्वत्र आलोचनापछि प्रिमियर लिगका ६ क्लबले तत्काल आफ्नो नाम फिर्ता लिँदा एट्लेटिको म्याड्रिड, एसी मिलान र इन्टर मिलानले केही दिनपछि आफ्नो नाम झिकेका थिए । तर बार्सिलोना, युभेन्ट्स र रियल म्याड्रिडले युइएफएको धम्कीविरुद्ध लड्ने प्रतिज्ञा गरे ।

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

Success

Thank you for your time.