default_image

3 years ago

September 28, 2021

रियल म्याड्रिडलाई सेरिफको चुनौती

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह ‘डी’ को खेलमा च्याम्पियन्स लिगको सर्वाधिक सफल स्पेनिस क्लब रियल म्याड्रिडले घरेलु मैदानमा पहिलोपटक च्याम्पियन्स लिग खेलिरहेको मोल्दोभाको एफसी सेरिफसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार सान्टियागो बर्नबेउमा राति १२ः४५ बजे हुने छ । घरेलु मैदानमा सेरिफलाई हराउँदै रियल समूहमा लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । रियलले पहिलो […]

41 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह ‘डी’ को खेलमा च्याम्पियन्स लिगको सर्वाधिक सफल स्पेनिस क्लब रियल म्याड्रिडले घरेलु मैदानमा पहिलोपटक च्याम्पियन्स लिग खेलिरहेको मोल्दोभाको एफसी सेरिफसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समयअनुसार सान्टियागो बर्नबेउमा राति १२ः४५ बजे हुने छ । घरेलु मैदानमा सेरिफलाई हराउँदै रियल समूहमा लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । रियलले पहिलो खेलमा इटालियन प्रतिद्धन्द्धी इन्टर मिलानलाई उसकै मैदानमा १–० ले पराजित गरेको थियो ।

टोलीसँग यो सिजन लयमा रहेका कप्तान करिम बेन्जेमा, भिनिसियस जुनियर, रोड्रिगो, इडेन हाजार्ड, लुका मोड्रिच, क्यासमिरो, नाचो फर्नान्डेस, डेमिड अलाबा, इडर मिलिसाओ, लुकास भास्क्वेज र थिवाउट कोर्टुवा रहेका छन् ।

मिडफिल्डर टोनी क्रुसको आगमनले टोलीको मनोवल उच्च बनेको छ । इडुआर्डाै कामाभिंगा, मार्काे एसेन्सियो, मिगुइल गुइटेरेज, फेडे भाल्भेर्डे, इस्को, लुका जोभिक र मारियानो डियाज पनि टोलीमा रहेका छन् ।

यता, पहिलो खेलमा नै युक्रेनी क्लब साख्तर डोनेस्कलाई स्तब्ध पारेको सेरिफ रियललाई पनि उसकै मैदानमा स्तब्ध पार्दै समूहमा आफ्नो शीर्षता यथावत राख्न चाहन्छ । टोलीसँग एडमा ट्राओरे, डिजासुर याक्सिवाइभ, फ्रान्क कास्टानेडा, सेवास्टिन थिल, इडमुड एडो, डिमिट्रिस कोलोभोसगुस्ताभो डुलान्टो, क्रिस्टियानो, डानिलो आर्वाेलेडा, फर्नान्डो कोस्टान्जा र गोलरक्षक जिओरजिओस रहेका छन् ।

पहिलो खेलमा साख्तरलाई स्तब्ध पारेको सेरिफविरुद्ध रियल सचेत भएर खेल्नेछ । दुवै टोली पछिल्लो पाँच खेलमा अपराजित छ । दुवै टोलीले समान ४ जित र एक बराबरीको नतिजा निकालेको छ ।

अन्य खेल

समूह ‘ए’

पीएसजीविरुद्ध म्यानचेस्टर सिटी (राति १२ः४५ बजे) र आरबी लाइप्जिगविरुद्ध क्लब ब्रुग (राति १२ः४५ बजे)

समूह ‘बी’

एफसी पोर्टाेविरुद्ध लिभरपुल (राति १२ः४५ बजे) र एसी मिलानविरुद्ध एट्लेटिको म्याड्रिड (राति १२ः४५ बजे)

समुह ‘सी’

आयाक्सविरुद्ध बेसिक्टास (राति १०ः३० बजे) र बोरुसिया डर्टमुन्डविरुद्ध स्पोर्टिङ लिस्वन (राति १०ः३० बजे)

समूह ‘डी’

साख्तरविरुद्ध इन्टर मिलान (राति १२ः४५ बजे) र रियल म्याड्रिडविरुद्ध एफसी सेरिफ (राति १२ः४५ बजे)

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.