default_image

3 years ago

September 28, 2021

विराज च्यासलमा, मान्सन प्राविधिक निर्देशक

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन यसपटकको सहिद स्मारक ए डिभिजन लिग च्यासल युथ क्लबबाट खेल्ने भएका छन् । विराजले यसअघिको लिग मछिन्द्र क्बलबाट खेलेका थिए । च्यासलले अन्तर्राष्ट्रिय खेलकुद सामाग्री उत्पादक कम्पनी यूक्यानसँग ‘किट’ प्रयोजकका रुपमा सम्झौता गरेको छ । त्यस्तै स्कटलल्यान्डका ली मान्सनलाई क्लबले प्राविधिक निर्देशकका रुपमा अनुबन्ध गरेको […]

59 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन यसपटकको सहिद स्मारक ए डिभिजन लिग च्यासल युथ क्लबबाट खेल्ने भएका छन् । विराजले यसअघिको लिग मछिन्द्र क्बलबाट खेलेका थिए ।

च्यासलले अन्तर्राष्ट्रिय खेलकुद सामाग्री उत्पादक कम्पनी यूक्यानसँग ‘किट’ प्रयोजकका रुपमा सम्झौता गरेको छ । त्यस्तै स्कटलल्यान्डका ली मान्सनलाई क्लबले प्राविधिक निर्देशकका रुपमा अनुबन्ध गरेको छ । २०३७ सालमा स्थापना गरेको सामुदायिक क्लब च्यासल २०६४ सालमा ‘सी’ डिभिजन लिगमा छनोट भएको थियो । २०६६ सालमा ‘बी’ डिभिजन लिगमा उक्लिएको च्यासल २०७३ सालमा ‘बी’ डिभिजन लिगको विजेता बन्दै च्यासल ए डिभिजनमा बढुवा भएको थियो ।

यूक्यानका तर्फबाट सिटिएलका कम्पनी प्रालीका प्रबन्ध निर्देशक राजेन महर्जन र च्यासल युथ क्लबका तर्फबाट अध्यक्ष रमेश बेञ्जनकारले मंगलबार आयोजित कार्यक्रममा हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार सिटिएलले क्लबलाई आवश्यक खेल सामाग्री उपलब्ध गराउने बताएका छन् । त्यस्तै च्यासल युथ क्लबले सिजनभर यूक्यान ब्रान्डको सामाग्री प्रयोग गर्ने जनाएको छ ।

यूक्यान खेलकुद सामाग्री उत्पादन गर्ने चीनको अन्तर्राष्ट्रिय कम्पनी हो । यस कम्पनीले पछिल्लो ३० वर्षदेखी खेलकुद सामाग्री उत्पादन गर्दै आएको छ । नेपालमा यूक्यान ब्रान्डको आधिकारिक विक्रेता सीटीएल कम्पनी प्राइभेट लिमिटेड छ । सिटिएल ‘लि–नीङ’ ब्रान्डको समेत नेपालमा आधिकारिक विक्रेता हो ।

अखिल नेपाल फुलटबल संघ (एन्फा) एकेडेमीका उत्पादन विराजले राष्ट्रिय फुटबल टोलीबाट ७३ खेल खेलेका थिए । सन् २००८ मा पोखरामा सम्पन्न पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट विराजले राष्ट्रिय टोलीमा डेब्यू गरेका हुन् । विराजले नेपालका लागि १८ खेलमा कप्तानी गरिसकेका छन् ।

विराजकै कप्तानीमा नेपालले बंगबन्धु गोल्डकप र १२औं दक्षिण एसियाल खेलकुद (साग) को उपाधि जितेको थियो । नेपालले एएफसी सोलिडारिटी कप जित्दा विराज टोलीका महत्वपूर्ण सदस्य थिए । विराजले यसअघि संकटा, एनआरटी, मनाङ मस्याङ्दी, थ्री स्टार र मछिन्द्र फुटबल क्लबबाट ए डिभिजन लिग खेलिसकेका छन् । विराजले मनाङ, थ्री स्टार र मछिन्द्र क्लबबाट लिगको उपाधि जितिसकेका छन् । मनाङ र मछिन्द्रले उपाधि जित्दा विराज टोलीको कप्तान थिए ।

स्कटलल्यान्डका ली मान्सन पछिल्लो २५ वर्षदेखी फुटबल प्रशिक्षणमा सक्रिय छन् । उनी पछिल्लो समय लाओस एफसीमा प्राविधिक निर्देशकका रुपमा आवद्ध थिए । उनीसँग फिलिपिन्सको पुरुष यु–२३ र महिला राष्ट्रिय टोली सम्हालिसकेको अनुभव छ । मान्सनले एएफसी च्याम्पियन्स कप खेलिसकेको टोली ग्लोबल एफसीमा ६ वर्ष मुख्य प्रशिक्षक भएर काम गरेका थिए । मान्सनले खेलाडी जीवनमा स्कटल्यान्डको ग्रेटना र क्विन अफ दी साउथबाट खेलेका थिए । उनले अमेरिकाको रिचमण्ड किकर्सबाट फुटबल खेलेका थिए ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.