default_image

3 years ago

September 29, 2021

विमल नेपाल फर्केर व्यक्तिगत प्रशिक्षणमा

काठमाडौं (हाम्रो खेलकुद) – स्वदेश फर्केलगत्तै राष्ट्रिय फुटबल खेलाडी विमल घर्तिमगरले व्यक्तिगत रुपमा प्रशिक्षण सुरु गरेका छन् । घुँडाको शल्यक्रियाका लागि कतार गएका विमल ९ महिना भन्दा लामो समयपछि स्वदेश फर्केका थिए । विमल आइतबार स्वदेश फर्केका थिए । एन्फा एकेडेमीको मैदानमा प्रशिक्षण गरिरहेको यू२३ टोलीसँगै विमलले मंगलबार प्रशिक्षण गरेका थिए । गत वर्ष पुसमा […]

52 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्वदेश फर्केलगत्तै राष्ट्रिय फुटबल खेलाडी विमल घर्तिमगरले व्यक्तिगत रुपमा प्रशिक्षण सुरु गरेका छन् । घुँडाको शल्यक्रियाका लागि कतार गएका विमल ९ महिना भन्दा लामो समयपछि स्वदेश फर्केका थिए ।

विमल आइतबार स्वदेश फर्केका थिए । एन्फा एकेडेमीको मैदानमा प्रशिक्षण गरिरहेको यू२३ टोलीसँगै विमलले मंगलबार प्रशिक्षण गरेका थिए । गत वर्ष पुसमा राष्ट्रिय टोलीको प्रशिक्षकका दौरान सोही मैदानमा विमलको घुँडामा चोट लागेको थियो । उनको घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएको थियो ।

‘लामो समयपछि प्रशिक्षणमा फर्केको त्यो पनि घाइते भएकै मैदानमा । फेरि त्यस्तै होला भन्ने मनमा अलि डर जस्तो त हुने रहेछ’, विमलले भने, ‘भिडेर प्रशिक्षण गरेको छैन । धेरै पछि मैदानमा फर्कदा उत्साहित छु ।’

मैदान फर्कंदा रमाइलो महसुस भएको जनाउँदै विमलले भने नयाँ जोश आएको छ । ‘अहिले एक्लै प्रशिक्षण गरेको छु । भिडेर खेलेको छैन,’
९ महिना अगाडि कतार जाँदा त्यति लामो समय कसरी बसिएला भन्ने लागेको स्मरण गर्दै विमलले भने, ‘तर मैले सोचे भन्दा कतार बसाई निकै सुखद भयो । घरबाट टाढा भएको महसुस हुन पाएन । सञ्जिव रानाभाट, फुटबल खेलाडी स्यान्सु भुसालका बाबालगायत आफन्तहरु पनि हुनुहुन्थ्यो । त्यहाँ हुने सबैलाई धन्यवाद दिन चाहन्छु मलाई एक्लो हुन दिनुभएन ।’

कतारस्थित अस्पेटार अस्पतालमा फागुन २५ गते उनको घुँडाको सफल शल्यक्रिया भएको थियो । त्यसयता आफ्नो घुँडामा निकै सुधार भएको विमलले बताएका । एक महिना जति प्रशिक्षणमा सामेल भएपछि मात्र मैदान फर्कने सम्भावना रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएको विमलले बताएका छन् ।

‘सबै सोचे जस्तै सुधार हुँदै गयो भने लिग खेल्ने सम्भावना छ’, विमलले भने, ‘म अहिले हतार गर्नेमा छैन । क्लबहरुबाट प्रस्ताव आइरहेको छ । तर पहिला आफू राम्ररी ठीक भएपछि मात्र त्यो विषयमा सोच्नु छु ।’

विमलले पूनरागमनका लागि आफू उत्साहित भने रहेको सुनाए । ‘उत्साह जति छ आउने दिन मेरो लागि चुनौतीपूर्ण पनि छ’, विमलले भने, ‘म त्यसमा सचेत छु । फेरि एकपटक मैदानमा उच्च प्रदर्शनका लागि प्रतिबद्ध छु ।’

विमलले गत सिजन मछिन्द्रबाट लिग जितेका थिए । उनी अन्तिम समयमा मछिन्द्रमा आवद्ध भएका थिए । त्यसअघि उनले नेपालमा थ्री स्टारबाट पनि खेलिसकेका छन् । उनले भारतको मोहुन बगान र माल्दिभ्सको टिसी स्पोर्ट्सबाट व्यावसायिक फुटबल खेलिसकेका छन् । विमलले सोचे जस्तो म्याचका लागि फिट भएमा कात्तिक २९ गतेबाट सुरु हुने सहिद स्मारक ए डिभिजन लिगमा उनलाई हेर्न पाइनेछ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.