default_image

2 years ago

September 29, 2021

मेस्सीको गोलमा पीएसजीको जित

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले गोल गरेपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युइएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । पार्क डेस प्रिन्सेसमा मंगलबार राति भएको खेलमा पीएसजीले सिटीलाई २–० ले पराजित गरेको हो । एक गोल इड्रिसा गाना गुआईको नाममा रह्यो । खेलको आठौं मिनेटमा इड्रिसा गाना गुआईको […]

62 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले गोल गरेपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युइएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।

पार्क डेस प्रिन्सेसमा मंगलबार राति भएको खेलमा पीएसजीले सिटीलाई २–० ले पराजित गरेको हो । एक गोल इड्रिसा गाना गुआईको नाममा रह्यो । खेलको आठौं मिनेटमा इड्रिसा गाना गुआईको गोलबाट घरेलु टोली पीएसजीले अग्रता लिएको थियो । उनले अचरफ हाकिमी हुँदै एमबाप्पेले मिलाइदिएको लो क्रसलाई नेयमारले प्रहार गर्न नसकेको बललाई गानाले जाली चुमाउन सफल भएका थिए ।

२६औं मिनेटमा केभिन डि ब्रुयनको पासमा बर्नाडो सिल्भा चुक्दा सिटी पनि बराबरीबाट चुक्यो । ३८औं मिनेटमा मेन्डेसको पासमा एमबाप्पेको प्रहारलाई सिटीका गोलरक्षक इडर्सन मोराएसले बचाउँदा पीएसजी अग्रता दोब्बर पार्नबाट चुक्यो । लगत्तै कर्नरबाट आएको पासमा मार्किन्हसले सदुपयोग गर्न सकेनन् ।

४३औं मिनेटमा केभिन डि ब्रुएनको कर्नरमा रुवेन डियासको हेडर सदुपयोग हुन सकेन । ५४औं मिनेटमा रियाद महारेजको पासमा केभिन डि ब्रुयनले गोल गर्न सकेन । ६४औं मिनेटमा नेयमारले सुवर्ण अवसर खेर फाले । ६६औं मिनेटमा रियाद महारेजको प्रयासलाई पीएसजीका गोलरक्षक जियानलुइजी डोन्नररुम्माले विफल पारे ।

७४औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । उनले केलियन एमबाप्पेको पासमा गोल गर्न सफल भएका थिए । मेस्सीले नयाँ सिजनमा पीएसजीका लागि चार खेल खेल्दा गोलको खडेरी तोड्न सफल भए । ७९औं मिनेटमा बर्नान्डो सिल्भाको पासमा रियल महारेजको प्रहारलाई डोनररुम्माले सहजै नियन्त्रमा लिए ।

इन्ज्युरी समयमा रियाद महारेजले दुई अवसर पाएपनि गोल गर्न नसक्दा पीएसजीले सिटीविरुद्धको हारको श्रृंखला तोड्न सफल भयो । पीएसजीले सिटीसँग चार खेल खेल्दा ३ हार र एक बराबरीको नतिजा निकालेको थियो ।

यही समूह ‘ए’ को अर्काे खेलमा जर्मन क्लब आरबी लाइप्जिग घरेलु मैदानमा बेल्जियन टोली क्लब ब्रुगसँग २–१ ले पराजित भएको छ ।

यो नतिजापछि पीएसजी दुई खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा उक्लन सफल भएको छ । पराजित सिटी ३ अंक जोडेर तेस्रो स्थानमा रहँदा क्लब ब्रुग ४ अंक जोडेर दोस्रो स्थानमा रहँदा लाइप्जिग अंकविहीन हुदै पुछारमा छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.