default_image

3 years ago

September 29, 2021

सलाह र फिर्मिनो चम्कदा लिभरपुलको सानदार जित

एजेन्सी – इजिप्टका मोहम्मद सलाह र ब्राजिली रोबर्टाे फिर्मिनो चम्कदा इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा सानदार जित दर्ता गरेको छ । लिभरपुलले घरेलु टोली एफसी पोर्टाेलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा सलाह र फिर्मिनोले समान दुई गोल गर्दा साडियो मानेले एक गोल थपे । घरेलु टोलीका मेहेदी तारेमीले […]

34 views

0 Bookmark

एजेन्सी – इजिप्टका मोहम्मद सलाह र ब्राजिली रोबर्टाे फिर्मिनो चम्कदा इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा सानदार जित दर्ता गरेको छ ।

लिभरपुलले घरेलु टोली एफसी पोर्टाेलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा सलाह र फिर्मिनोले समान दुई गोल गर्दा साडियो मानेले एक गोल थपे । घरेलु टोलीका मेहेदी तारेमीले एक गोल फर्काए ।

पोर्टाेमा मंगलबार राति भएको खेलमा लिभरपुलले खेलको १८औं मिनेटमा मोहम्मद सलाहको गोलबाट सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा साडियो मानेले जेम्स मिल्नरको पासमा गोल गर्दै लिभरपुललाई २–० ले अघि बढाए ।

६०औं मिनेटमा सलाहले कर्टिन जोन्सको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि लिभरपुल सहज जिततर्फ अघि बढ्यो ।
७५औं मिनेटमा मेहेदी तेरेमीले फावियो भिइराको पासमा गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए ।

त्यसपछि सब्सिच्युट रोबर्टाे फिर्मिनाले दुई गोल गर्दै लिभरपुलको जित पक्का गरे । ६६औं मिनेटमा सलाहको स्थानमा मैदान छिरेका फिर्मिनोले ७७औं मिनेटमा कर्टिस जोन्सको पासमा गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याए । ८१औं मिनेटमा फिर्मिनो व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै लिभरपुलको जित पक्का गरे । जितपछि लिभरपुल २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित पोर्टाे १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यही समूह ‘बी’ को अर्काे खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले १० खेलाडीमा समेटिएको इटालियन क्लब एसी मिलानमाथि २–१ को पूनरागमन जित निकालेको छ । एट्लेटिकोको जितमा खेलको अन्त्यतिर एन्टोइन ग्रिजमन र लुइस सुआरेजले गोल गरे । घरेलु टोलीका राफयल लियोको गोल सान्त्वना बन्यो ।

फ्रान्क केस्सी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि मिलान २९औं मिनेटमा १० खेलाडीमा समेटिन पुगेको थियो । जितसँगै अपराजित रहेको एट्लेटिको दुई खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित मिलान अंकविहीन हुदै पुछारमा छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.