default_image

3 years ago

September 29, 2021

ग्रिजमन र सुआरेजको गोलमा एट्लेटिकोको पूनरागमन जित

एजेन्सी – फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमन र उरुग्वेली फरवार्ड लुइस सुआरेजले खेलको अन्त्यतिर गोल गरेपछि स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले १० खेलाडीमा समेटिएको इटालियन क्लब एसी मिलानमाथि पूनरागमन जित निकालेको छ । समूह ‘बी’ को खेलमा एट्लेटिकोले एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै २–१ को पूनरागमन जित निकालेको हो । घरेलु टोलीका राफयल लियोको गोल सान्त्वना […]

82 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमन र उरुग्वेली फरवार्ड लुइस सुआरेजले खेलको अन्त्यतिर गोल गरेपछि स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले १० खेलाडीमा समेटिएको इटालियन क्लब एसी मिलानमाथि पूनरागमन जित निकालेको छ ।

समूह ‘बी’ को खेलमा एट्लेटिकोले एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै २–१ को पूनरागमन जित निकालेको हो । घरेलु टोलीका राफयल लियोको गोल सान्त्वना बन्यो । मिलानोमा मंगलबार राति भएको खेलको २०औं मिनेटमा राफयल लियोले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । उनले ब्राहिम डियाजको पासमा गोल गर्न सफल भएका थिए ।

तर, अग्रता लिएको ९ मिनेट नबित्दै मिलान १० खेलाडीमा समेटिनु पर्दा समस्यामा परेको थियो । फ्रान्क केस्सी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि मिलान २९औं मिनेटमा १० खेलाडीमा समेटिन पुगेको थियो । मिलान १० खेलाडीमा समेटिएपनि एट्लेटिकोले गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो ।

८४औं मिनेटमा सब्सिच्युट फरवार्ड एन्टोइन ग्रिजमनले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काए । ६१औं मिनेटमा कोकीको स्थानमा मैदान छिरेका ग्रिजमनले रेनान लोडीको पासमा गोल गर्न सफल भएका थिए । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको सातौ मिनेटमा लुइस सुआरेजले पेनाल्टीमार्फत गोल गर्दै एट्लेटिकोलाई २–१ को पूनरागमन जित दिलाए ।

कालुलुले पेनाल्टी बक्समा थोमस लेमारलाई ब्लक गर्नुका साथै हातले बल छोएको देखिएपछि रेफ्रीले भिएआरको सहायता लिदै एट्लेटिकोलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा सुआरेज चुकेनन् । अन्तिम ६१ मिनेट १० खेलाडीमा खेल्नुपर्दा मिलानले अग्रता जोगाउन नसक्दा पराजित हुन पुग्यो ।

जितसँगै समूह ‘बी’ मा अपराजित रहेको एट्लेटिको दुई खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित मिलान अंकविहीन हुदै पुछारमा छ । लिभरपुल ६ अंक जोडेर शीर्षस्थानमा रहँदा १ अंक जोडेको एफसी पोर्टाे तेस्रो स्थानमा रहेको छ ।

यही समूहको खेलमा लिभरपुलले पोर्टाेमाथि ५–१ को फराकिलो जित दर्ता गरेको थियो । लिभरपुलको जितमा मोहम्मद सलाह र फिर्मिनोले समान दुई गोल गर्दा साडियो मानेले एक गोल थपे । घरेलु टोलीका मेहेदी तारेमीले एक गोल फर्काए ।

अन्य नतिजा

समूह ‘ए’

पीएसजीविरुद्ध म्यानचेस्टर सिटी (२–०) र आरबी लाइप्जिगविरुद्ध क्लब ब्रुग (१–)

समूह ‘बी’

एफसी पोर्टाेविरुद्ध लिभरपुल (१–) र एसी मिलानविरुद्ध एट्लेटिको म्याड्रिड (१–)

समुह ‘सी’

आयाक्सविरुद्ध बेसिक्टास (२–०) र बोरुसिया डर्टमुन्डविरुद्ध स्पोर्टिङ लिस्वन (–०)

समूह ‘डी’

साख्तरविरुद्ध इन्टर मिलान (०–०) र रियल म्याड्रिडविरुद्ध एफसी सेरिफ (१–)

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.