default_image

2 years ago

September 29, 2021

बेन्जेमाको सानदार लय

एजेन्सी – रियल म्याड्रिडमा फरवार्ड करिम बेन्जेमा केन्द्रमा रहँदै आएका छन् । क्रिस्टियानो रोनाल्डोले रियल छाडेयता उनीमाथि जिम्मेवारी बढेको मानिन्छ । जसमा उनी खरो उत्रेका छन् । मंगलबार राती रियल च्याम्पियन्स लिगको समूह चरणको खेलमा सेरिफ टिरास्पोलसँग २–१ ले पराजित भएको थियो । टोलीका लागि एक मात्र गोल बेन्जेमाले नै गरेका थिए । त्यहि गोलले […]

50 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडमा फरवार्ड करिम बेन्जेमा केन्द्रमा रहँदै आएका छन् । क्रिस्टियानो रोनाल्डोले रियल छाडेयता उनीमाथि जिम्मेवारी बढेको मानिन्छ । जसमा उनी खरो उत्रेका छन् ।

मंगलबार राती रियल च्याम्पियन्स लिगको समूह चरणको खेलमा सेरिफ टिरास्पोलसँग २–१ ले पराजित भएको थियो । टोलीका लागि एक मात्र गोल बेन्जेमाले नै गरेका थिए । त्यहि गोलले उनी रियलका पूर्व स्टार राउल गोन्जालेजलाई पछि पार्दै च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ताको चौथो स्थानमा उक्लेका छन् । उनको गोलसंख्या ७२ पुगेको छ । राउलको नाममा ७१ गोल छ ।

च्याम्पियन्स लिगमा सर्वाधिक गोल रोनाल्डोको नाममा छ । उनले १ सय ३५ गोल गरिसकेका छन् । १ सय २१ गोलका साथ लियोनल मेस्सी दोस्रो स्थानमा छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले म्यानचेष्टर सिटीलाई मंगलबार २–० ले हराउँदा मेस्सीले एक गोल गरेका थिए । तेस्रो स्थानमा बार्यन म्युनिखका फरवार्ड रोर्बेट लेवान्डोवस्कीले अहिले सम्म ७५ गोल गरिसकेका छन् ।

उच्च फर्ममा बेन्जेमा

बेन्जेमाले सन् २०२१-२२ सिजनको सुरुवात दमदार रुपमा गरेका छन् । ८ गोल गरिसकेका बेन्जेमाले ला लिगामा ७ असिस्ट गरेका छन् । च्याम्पियन्स लिगमा बेन्जेमाले जस्तो गोल अन्य कुुनै पनि फ्रान्सेली खेलाडीले गरेका छैनन् । उनको नजिक थिअरी अनरी रहेका छन् । उनको नाममा ५० गोल गरेको छ ।

३३ वर्षे बेन्जेमा रियलका सर्वाधिक गोलकर्ताको सुचीको पाँचौं स्थानमा छन् । उनको नाममा २ सय ८८ गोल छ । अब उनी चौथो स्थानमा उक्लने क्रममा रहेका छन् । कार्लोस कासटिलानाको नाममा २ सय ९० गोल गरेका छ । १७ सिजन बिताउने क्रममा कासटिलानाले त्यो संख्यामा गोल गरेका थिए । रियलका लागि रोनाल्डोले सर्वाधिक ४ सय ५१ गोल गरेका छन् । ३ सय २३ गोलका साथ राउल दोस्रो स्थानमा र अल्फ्रेडो डि स्टेफानो (३०८) तेस्रो स्थानमा छन् ।

बेन्जेमाले ला लिगामा मात्र २ सय गोल गरिसकेका छन् । अब १६ गोल गरेमा उनले डि स्टेफानोसँग बराबरी गर्नेछन् । राउलको कीर्तिमानबाट बेन्जेमा ९ गोलले टाढा छन् । ला लिगामा पनि रोनाल्डोले रियलका लागि सर्वाधिक ३ सय १२ गोल गरेका थिए ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.