default_image

3 years ago

September 29, 2021

थापाको स्पोर्टस् अर्गनाइजेसनलाई हेटौडा उपमहानगरको २५ लाख

हेटौडा (हाम्रो खेलकुद) – आर्थिक अनियमितताको अभियोगमा विश्व फुटबल महासंघ (फिफा) बाट १० वर्ष फुटबल गतिविधि गर्नबाट प्रतिबन्ध लगाइएका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाको नेतृत्वमा रहेको संस्थासँग हेटौंडा उपमहानगरपालिकाले खेलकुद गतिविधिका लागि २५ लाख रुपैयाँ दिने सम्झौता गरेको छ । एन्फा अध्यक्ष हुँदा पदको दुरुपयोग तथा आर्थिक अनियमितता गरेको भन्दै […]

55 views

0 Bookmark

हेटौडा (हाम्रो खेलकुद) – आर्थिक अनियमितताको अभियोगमा विश्व फुटबल महासंघ (फिफा) बाट १० वर्ष फुटबल गतिविधि गर्नबाट प्रतिबन्ध लगाइएका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाको नेतृत्वमा रहेको संस्थासँग हेटौंडा उपमहानगरपालिकाले खेलकुद गतिविधिका लागि २५ लाख रुपैयाँ दिने सम्झौता गरेको छ ।

एन्फा अध्यक्ष हुँदा पदको दुरुपयोग तथा आर्थिक अनियमितता गरेको भन्दै फिफाले थापामाथि १० वर्षको प्रतिबन्ध लगाएको थियो । फिफाले लगाएको प्रतिबन्ध नखुल्दै उपमहानगरले थापासँग खेलकुद गतिविधि गर्ने सम्झौता गरेको हो । मंगलबार उपमहानगरपालिकाले मंगलबार थापाले नेतृत्व गरेको नेपाल स्पोर्टस् अर्गनाइजेसनसँग फुटबलको विकास सम्बन्धी कार्यको लागि सम्झौता गरेको छ ।

थापाले बुधबार आफ्नो फेसबुकमार्फत मकवानपुर जिल्लामा फुटबल एकेडेमी सञ्चालन गर्नको निमित्त हेटौंडा उपमहानगरपालिका र नेपाल स्पोर्टस् अर्गनाइजेसन बीच सम्झौता भएको जानकारी दिएका छन् । उनले हेटौंडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंसँग सम्झौतापत्रसहितको फोटो राख्दै उपमहानगरको मेयर हरिबहादुर महतलाई धन्यवाद समेत दिएका छन् । तर, आर्थिक अनियमितताको आरोपमा फिफाबाट प्रतिबन्धित थापासँग स्थानीय सरकारले स्पोर्टस एकेडेमी सञ्चालनको लागि सम्झौता गरेको भन्दै उपमहानगरको भूमिकामाथि प्रश्न उठेको छ ।

फिफाले २०७२ सालमा १० वर्षको लागि निलम्बन गरेको थियो । फिफाको निलम्बन फुकुवा हुनुअघि नै उपमहानगरले थापासँग फुटबल एकेडेमी सञ्चालनको लागि सम्झौता गरेको हो । उपमहानगरको प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले आफूले यस विषयमा अहिले तत्काल केही भन्न नसक्ने बताए । उनले भने, ‘हिजो सम्झौता भएको हो। सम्झौता के कसरी किन यसको बारेमा म धेरै भन्न सक्दिन । आज मेयर साब आउनु भएको छैन । उहाँ भोलि आएपछि मात्रै यसको विषयमा बोल्छु ।’

चौलागाईंले उपमहानगरले फुटबल व्यवसायको विकासको लागि सम्झौता गरेको बताए । यसअघि, नै हेटौंडा उपमहानगरपालिकाका मेयर महतले पत्रकार सम्मेलन गरेरै गणेश थापासँगको साझेदारीमा हेटौंडामा फुटबल एकेडेमी सञ्चालन गर्ने विषयमा जानकारी गराउन लागेका थिए ।

फुटबलको कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी फिफाले प्रतिबन्ध लगाएको व्यक्तिसँग स्थानीय सरकारले सम्झौता गर्नु उचित नहुने भन्दै आलोचना हुने देखिएपछि मेयर महतले सम्झौताको कार्यक्रम स्थगित नै गरेका थिए । मंगलबार भएको सम्झौताको विषय पनि थापाले आफ्नो फेसबुकमार्फत जानकारी गराएपछि मात्रै बाहिरिएको थियो ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.