default_image

3 years ago

September 30, 2021

कीर्तिमानी खेलमा रोनाल्डोको निर्णायक गोल

एजेन्सी – आफ्नो कीर्तिमानी खेलको इन्जुरी समयमा क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि म्यानचेष्टर युनाइटेडले बुधबार च्याम्पियन्स लिगको समूह चरणमा जित हासिल गरेको छ । भिल्लारियलविरुद्धको खेलमा पछि परेको युनाइटेडले उत्कृष्ट पूनरागमनका साथ २–१ ले खेल जितेको थियो । च्याम्पियन्स लिगमा रियल म्याड्रिडका पूर्व कप्तान इकर कासिलासको १ सय ७७ खेलको कीर्तिमानलाई तोडेका रोनाल्डोले ५ मिनेट इन्जुरी […]

74 views

0 Bookmark

एजेन्सी – आफ्नो कीर्तिमानी खेलको इन्जुरी समयमा क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि म्यानचेष्टर युनाइटेडले बुधबार च्याम्पियन्स लिगको समूह चरणमा जित हासिल गरेको छ । भिल्लारियलविरुद्धको खेलमा पछि परेको युनाइटेडले उत्कृष्ट पूनरागमनका साथ २–१ ले खेल जितेको थियो ।

च्याम्पियन्स लिगमा रियल म्याड्रिडका पूर्व कप्तान इकर कासिलासको १ सय ७७ खेलको कीर्तिमानलाई तोडेका रोनाल्डोले ५ मिनेट इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरेका थिए । खेलभरमा खासै प्रभाव जमाउन नसकेका रोनाल्डोले खेलको अन्तिम समयमा पाएको मौका भने खेर जान दिएनन् ।

इन्डिसनका काभानीले प्राप्त बललाई फ्रेन्डलाई दिए । फ्रेडले क्रस गरेको बलमा रोनाल्डोले हेड गर्दै जेसी लिङ्गार्डलाई दिए । लिङ्गार्डले त्यो बल फेरि रोनाल्डोलाई दिए । त्यहि बलमा रोनाल्डोले गोल गर्न सफल भए । उनको प्रहारलाई भिल्लारियलका गोलकिपरले रोक्ने प्रयास गरेपनि बल उनको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।

त्यसअघि ५३ औं मिनेटमा पाको अल्कासरको गोलमा भिल्लारियलले अग्रता लिएको थियो । डान्जुबाले पेनाल्टी बक्समा उपलब्ध गराएको पासमा अल्कासरले कुनै गल्ती नगरी गोल गरे । तर त्यो अग्रता लामो समय टिक्न सकेन । खेलमा कप्तानी गरिरहेको ब्रुनो फर्नान्डेजको चलाखीपूर्ण फ्रिकिकमा एलेक्स टेलेसले पेनाल्टी बक्सको एजबाट भलिमार्फत गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।

च्याम्पियन्स लिग समूह चरणको दोस्रो खेलमा युनाइटेडको यो पहिलो जित हो । समूह एफमा एट्लान्टाको ४ अंक छ भने योङ ब्वाइज र युनाइटेडको समान ३ अंक छ । १ अंकसहित भिल्लारियल समूहको पुछारमा छ ।

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.