default_image

3 years ago

September 30, 2021

लेवान्डोस्की चम्कदा बायर्नको सानदार जित

एजेन्सी – पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीको दुई गोल मद्दतमा जर्मन क्लब बायर्न म्युनिखले युइएफए च्यम्पियन्स लिगमा सानदार जित दर्ता गरेको छ । बायर्नले घरेलु मैदानमा युक्रेनी क्लब डिनामो किएभलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । बायर्नको सहज जितमा सर्ज गिनाब्री, लिरोए साने र इरिक म्याक्सिम चुपो मोटिङले समान गोल गरे । एलिएन्ज […]

38 views

0 Bookmark

एजेन्सी – पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीको दुई गोल मद्दतमा जर्मन क्लब बायर्न म्युनिखले युइएफए च्यम्पियन्स लिगमा सानदार जित दर्ता गरेको छ ।

बायर्नले घरेलु मैदानमा युक्रेनी क्लब डिनामो किएभलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । बायर्नको सहज जितमा सर्ज गिनाब्री, लिरोए साने र इरिक म्याक्सिम चुपो मोटिङले समान गोल गरे ।

एलिएन्ज एरिना म्युनिखमा बुधबार राति भएको एकपक्षीय खेलमा घरेलु टोली बायर्नले खेलको १२औं मिनेटमा रोवर्ट लेवान्डोस्कीको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । पेनाल्टी बक्समा सेडोरचुकले बलले हात छोएपछि रेफ्रीले बायर्नलाई पेनाल्टी प्रदान गरेको थियो ।

त्यसअघि नवौं मिनेटमा डिनामो किएभले गोलको सुवर्ण अवसर खेर फालेको थियो । १०औं मिनेटमा डिनामो किएभका बुस्चानले लेवान्डोस्कीको प्रहारलाई विफल पारेका थिए ।

२७औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । उनले थोमस मुलरको पासमा गोल गर्न सफल भएका थिए । ४१औं मिनेटमा काउन्टर अट्याकमा डि पेनालको प्रयासलाई बायर्नका गोलरक्षक म्यानुयल नुएरले विफल पारे ।

६८औं मिनेटमा लिरोए सानेको पासमा सर्ज गिनाब्रीले गोल गर्दै बायर्नलाई ३–० ले अघि बढाए । ७४औं मिनेटमा लिरोए सानेले थोमस मुलरको पासमा गोल गर्दै बायर्नलाई फराकिलो जिततर्फ अग्रसर गराए ।

८७औं मिनेटमा सब्सिच्युट फरवार्ड इरिक म्याक्सिम चुपो मोटिङले गोल गर्दै बायर्नलाई ५–० को फराकिलो जित दिलाए । ७९औं मिनेटमा लेवान्डोस्कीको स्थानमा मैदान छिरेका मोटिङले बेन्जामिन पाभर्डको पासलाई सदुपयोग गरेका थिए ।

यो जितसँगै बायर्न समूह ‘ए’ मा दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पराजित डिनामो किएभ १ अंकसहित तेस्रो स्थानमा रहेको छ । बेन्फिका ४ अंक जोडेर दोस्रो स्थानमा रहँदा अंक विहीन बार्सिलोना पुछारमा रहेको छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.