default_image

2 years ago

September 30, 2021

चेल्सीमाथि युभेन्ट्सको जित

एजेन्सी – इटालियन क्लब युभेन्ट्सले युइएफए च्याम्पियन्स लिगमा साविकको विजेता इंग्लिस क्लब चेल्सीलाई पराजित गरेको छ ।दोस्रो हाफमा फेडरिको चिइसाको गोलमा युभेन्ट्सले घरेलु मैदानमा चेल्सीलाई १–० ले पराजित गरेको हो । घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै दवाव बढाएपनि चेल्सी फिनिसिङमा चुक्दा समूह चरणमा पहिलो हार बेहोर्न पुग्यो । एलिएन्ज एरिना टुरिनमा बुधबार राति भएको खेलको […]

56 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब युभेन्ट्सले युइएफए च्याम्पियन्स लिगमा साविकको विजेता इंग्लिस क्लब चेल्सीलाई पराजित गरेको छ ।दोस्रो हाफमा फेडरिको चिइसाको गोलमा युभेन्ट्सले घरेलु मैदानमा चेल्सीलाई १–० ले पराजित गरेको हो ।

घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै दवाव बढाएपनि चेल्सी फिनिसिङमा चुक्दा समूह चरणमा पहिलो हार बेहोर्न पुग्यो । एलिएन्ज एरिना टुरिनमा बुधबार राति भएको खेलको सातौ मिनेटमा रोमेलु लुकाकुको प्रहारलाई युभेन्ट्सका गोलरक्षक वजनिएस सिजेस्नीले बचाउँदा चेल्सीले अग्रता लिन सकेन ।

२०औं मिनेटमा फेडरिको चिइसाको प्रयासलाई आन्द्रेएस क्रिस्टेन्सनले विफल पारिदिए । ४५औं मिनेटमा मार्काेस अलन्सोको कर्नरमा थियागो सिल्भाको हेडरलाई म्याथ्थिज डि लेग्टले विफल पारिदिए । दोस्रो हाफको शुरुमै ४६औं मिनेटमा फेडरिको चिइसाले गोल गर्दै युभेन्ट्सलाई १–० को अग्रता दिलाए । उनले फेडरिको बर्नरडेस्चीको पासमा गोल गरेका थिए ।

६४औं मिनेटमा फेडरिको बर्नरडेस्चीको प्रहारलाई पोस्ट नजिकैबाट बाहिरिदा युभेन्ट्स अग्रता दोब्बर पार्नबाट चुक्यो । ७४औं मिनेटमा कलुम हड्सन ओडोईको पासमा काई हाभर्टजको हेडर सदुपयोग हुन नसक्दा चेल्सी बराबरीबाट चुक्यो । ८३औं मिनेटमा रोस बार्कलेले पासमा लुकाकुको प्रहार बारमा लाग्दै फर्कदा लियोनार्दाे बोनुचीले क्लियर गरिदिए ।

त्यसपछि थप आक्रमण भएपनि सदुपयोग हुन नसक्दा चेल्सीले हार बेहोर्न पुग्यो । यो जितपछि युभेन्ट्स समूह ‘एच’ मा २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित चेल्सी ३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

यही समूहको अर्काे खेलमा जेनिथ सेन्ट पिटसवर्गले १० खेलाडीमा समेटिएको माल्मोमाथि ४–० को फराकिलो जित निकालेको छ । जेनिथको जितमा क्लाउडिनो, डालेर कुजाएभ, एलेकसेइ सुटोरमिन र वेन्डेलले गोल गरे ।

५३औं मिनेटमा एनिल एहमेधोडजिक सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि माल्मो समस्यामा परेको थियो । त्यो अघि नै जेनिथले २–० को अग्रता बनाइसकेको थियो । यो जितपछि जेनिथले दुई खेलबाट ३ अंक जोडेको छ । माल्मो अंकविहीन हुदै पुछारमा छ ।

अन्य नतिजा

समूह ‘ई’ बायर्नविरुद्ध डिनामो किएभ (–०) र बेन्फिकाविरुद्ध बार्सिलोना (–०)

समूह ‘एफ’ – एटलान्टाविरुद्ध योङ ब्वाइज (–०) र म्यानचेस्टर युनाइटेडविरुद्ध भिल्लारियल (–१)

समूह ‘जी’ – साल्जवर्गविरुद्ध लिल (–१) र वल्फवर्गविरुद्ध सेभिया (१–१)

समूह ‘एच’ – जेनिथविरुद्ध माल्मो (–०) र युभेन्ट्सविरुद्ध चेल्सी (–०)

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.