default_image

3 years ago

September 30, 2021

साफ उपाधिका लागि लड्ने कप्तान किरणको दावी

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा शुक्रबारदेखि सुरु हुने साफ च्याम्पियनसिपको लागि नेपाली टोली उपाधिका लागि लड्ने कप्तान किरण चेम्जोङले बताएका छन् । प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान किरणले माल्दिभ्सलाई घरेलु समर्थन हुने भएपनि त्यसको मतलब नहुने बताए । ‘माल्दिभ्सलाई घरेलु समर्थक र वातावरणको फाइदा पुग्ला । हामी समर्थकको सम्मान गर्छौं तर त्यसले हामीलाई […]

55 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा शुक्रबारदेखि सुरु हुने साफ च्याम्पियनसिपको लागि नेपाली टोली उपाधिका लागि लड्ने कप्तान किरण चेम्जोङले बताएका छन् ।

प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान किरणले माल्दिभ्सलाई घरेलु समर्थन हुने भएपनि त्यसको मतलब नहुने बताए । ‘माल्दिभ्सलाई घरेलु समर्थक र वातावरणको फाइदा पुग्ला । हामी समर्थकको सम्मान गर्छौं तर त्यसले हामीलाई खास असर गर्दैन । हामी मैदानमा लडेर नतिजा निकाल्नेछौं,’ उनले भने ।

टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले पनि माल्दिभ्सविरुद्ध खेल कठिन हुने बताए । ‘माल्दिभ्स राम्रो टोली हो र साविक विजेता पनि । घरेलु मैदानमा खेल्दा पक्कै सहज हुनेछ । हामीलाई उनीहरुको सामना गर्न कठिन हुनेछ,’ उनले थपे ।

नेपालले साफ च्याम्पियनसिपको तयारीका लागि दशरथ रंगशालामा भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेल १-१ को बराबरीमा सकिँदा दोस्रो खेलमा भने नेपाल २-१ ले पराजित भएको थियो । त्यसपछि दुई साता कतारमा बिताएको नेपाली टोलीले त्यहाँ पनि दुई खेल खेलेको थियो । स्थानीय क्लबलाई २-० ले पराजित गरेको नेपालले ओमानविरुद्ध भने ७-२ को हार बेहोरेको थियो ।

नेपालले शुक्रबार हुने पहिलो खेलमा रातको ९:४५ बजे माल्दिभ्सको सामना गर्नेछ । दोस्रो खेल श्रीलंकाविरुद्ध सोमबार ९:४५ बजे नै हुनेछ । १० अक्टोबर रातको ९:४५ बजे भारतको सामना गर्ने नेपालले लिगको अन्तिम खेलमा १३ अक्टोबर ४:४५ बजे बंगलादेशको सामना गर्नेछ ।

नेपालले हालसम्म प्रतियोगिताको फाइनल खेल्न सकेको छैन । नेपाल पछिल्लो संस्करणमा माल्दिभ्ससँग सेमिफाइनलमा ३-० ले पराजित हुँदै बाहिरिएको थियो । त्यसअघि सन् २०१३ मा घरेलु मैदानमा भएको प्रतियोगितामा पनि नेपाल सेमिफाइनलमा रोकिएको थियो ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.