default_image

3 years ago

October 1, 2021

साफ च्याम्पियनसिप : अहिले नभए कहिले ?

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार आयोजक तथा साविक विजेता माल्दिभ्सविरुद्ध खेल्दै साफ च्याम्पियनसिप २०२१ मा यात्रा सुरु गर्दैछ । इतिहासकै सबैभन्दा लामो तयारीका साथ माल्दिभ्स पुगेको नेपाली टोलीका लागि यसपटक आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती छ । कम्तिमा फाइनल पुग्न नसके टोलीको एक वर्षभन्दा लामो तयारी व्यर्थ नै हुनेछ । एक वर्षअघि बंगलादेशविरुद्ध मैत्रीपूर्ण […]

52 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार आयोजक तथा साविक विजेता माल्दिभ्सविरुद्ध खेल्दै साफ च्याम्पियनसिप २०२१ मा यात्रा सुरु गर्दैछ । इतिहासकै सबैभन्दा लामो तयारीका साथ माल्दिभ्स पुगेको नेपाली टोलीका लागि यसपटक आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती छ । कम्तिमा फाइनल पुग्न नसके टोलीको एक वर्षभन्दा लामो तयारी व्यर्थ नै हुनेछ ।

एक वर्षअघि बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलका लागि तयारीबाट सुरु भएको राष्ट्रिय टोलीको प्रशिक्षण बिचमा केहि बिदा र नेपाल सुपर लिग (एनएसएल) आयोजना गर्न रोकिएको थियो । त्यसयता टोली नियमित प्रशिक्षणमा छ । यसबीचमा राष्ट्रिय टोलीले १० औपचारिक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलिसकेको छ । गत चैतमा कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नियुक्त भएयता नेपाली टोली लगातार बन्द प्रशिक्षणमा छ ।

नेपाल सुपर लिगको प्रदर्शनलाई आधार मान्दै अलमुताइरीले राष्ट्रिय टोली घोषणा गरेका थिए । त्यसयता आफ्नो रणनीतिमा भिज्ने केहि नयाँ खेलाडी मात्र उनले टोलीमा समावेश गरेका छन् । नियुक्तिको दिनदेखि नै नेपाललाई साफको फाइनलसम्म पुर्याउने लक्ष्य रहेको बताउने अलमुताइरी यसबीचमा मैदानभित्र भन्दा मैदानबाहिरको गतिविधिका कारण बढी चर्चामा रहे । मैदानभित्र केहि सकारात्मक परिवर्तनको आशा देखाएका उनलाई मैदानबाहिर व्यवहारले भने असर गर्यो ।

एन्फा पदाधिकारीसँग नाम जोड्दै राजीनामा दिएको प्रकरण आजसम्म पनि पार लागेको छैन । मन्त्रालयले राखेप अन्तर्गत छानविन समिति नै गठन गरेको विवादले राष्ट्रिय टोलीको तयारीको गतिमा कुनै सहयोग पुर्याउन सकेन । साफका लागि माल्दिभ्स प्रस्थान गर्ने पूर्वसन्ध्यसम्म पनि अलमुताइरीको सम्बन्ध एन्फासँग सुध्रन सकेन । आफूले चाहेका २५ खेलाडीलाई प्रतियोगितामा लग्न नपाएका उनले कतारबाट पनि एन्फासमक्ष असन्तुष्टि पोखेका थिए ।

यो सबै भनिरहँदा टोलीले हालसम्म कै राम्रो तयारी गर्ने अवसर पाएको तथ्यलाई भने नकार्न सकिन्न । सामान्यतया राष्ट्रिय टोलीले ठूला प्रतियोगिताअघि १५ दिनको तयारी पाउनुलाई राम्रो मानिन्छ । तर नेपालले पछिल्लो एक वर्षयता निरन्तर प्रशिक्षण गर्दै आएको छ । स्विडिस प्रशिक्षक योहान कालीन नेपाल नफर्केपछि गत अक्टोबरमा नेपालले बालगोपाल महर्जनको नेतृत्वमा बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेलको लागि तयारी सुरु गरेको थियो ।

बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल लगत्तै विश्वकप छनोट तयारीका लागि व्यस्त रहेका खेलाडीले उक्त खेल नहुने भएपछि घरेलु मैदानमा थ्री नेसन्स कप खेले । थ्री नेसन्स कपकै दौरान प्रशिक्षक अलमुताइरी नेपाल आएका थिए । उक्त प्रतियोगितामा नेपालको प्रदर्शन हेरेर नेपाल सुपर लिगमा उनले खेलाडी नियाल्ने अवसर पाएका थिए । एनएसएल सकिएको तीन सातापछि विश्वकप छनोटका खेलका लागि उनले टोली छनोट गरे । नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै त्यसपछि विश्वकप छनोटका तीन खेलमा सुधारिएको प्रदर्शन पनि गर्यो ।

त्यसपछि टोली साफ च्याम्पियनसिपको तयारीमा जुटेको थियो । प्रशिक्षक अलमुताइरीले टोलीमा केहि परिवर्तन गर्दै नियमित प्रशिक्षण जारी राखे । साफअघि नै भारतविरुद्ध दशरथ रंगशालामा मैत्रीपूर्ण खेलको अवसर पनि पायो । यसबीच टोलीमा केहि सकारात्मक परिवर्तन देखिए । तर अलमुताइरीले भने जस्तो साफमा नेपालले फरक प्रस्तुति गर्ने भन्ने दावी भने मैत्रीपूर्ण खेलमा अनुभूति गर्न सकिएन ।

प्रशिक्षकमा नियुक्तिको दिनदेखि नै फाइनल पुग्दै इतिहास रच्ने दावी अलमुताइरीको छ । यसपटक विगतझैं साफमा दुई समूह पनि रहेका छैनन् । नेपालले राउन्ड रोबिन लिगमा सहभागी अन्य ४ टोलीको सामना गर्दै फाइनल यात्रा तय गर्नुपर्ने हुन्छ । नेपालले माल्दिभ्सको वातावरणमा घुलमिल हुन सहज होस् भन्दै कतारमा २ साता लामो प्रशिक्षण पनि गर्यो । त्यहाँ दुई मैत्रीपूर्ण खेलको अवसर पनि पाएको थियो । यस हिसाबले नेपालको तयारी हालसम्मकै उत्कृष्ट मध्यमा पर्छ ।

एन्फाले स्रोत साधन जुटाएर टोलीको तयारीमा कुनै कमी छोडेको छैन । यद्यपि साफ जानुअघि खेलाडीले यसबीचका प्रशिक्षण भत्ता र वाचा गरिएको पुरस्कार नपाउँदाको खबरले भने मनोबलमा पक्कै असर गरेको छ । तर खेलाडीका लागि यो नयाँ कुरा भने होइन । यसअघि पनि यस्ता ढाडस र कमीका बीच खेल्दै आएको टोलीलाई इतिहास रच्ने सुनौलो अवसर छ । टोलीले प्रशिक्षकसँग लगातार ५ महिना प्रशिक्षण बिताएर प्रतियोगिता खेल्न आइपुगेको छ । यो निकै बलियो पक्ष मान्नुपर्छ ।

बंगलादेशले प्रतियोगिता सुरु हुनुभन्दा केहि दिन अघि मात्र प्रशिक्षक परिवर्तन गरेको छ । भारतले प्रतियोगिताका लागि लक्षित ३ साता लामो तयारी गरेको हो । श्रीलंका र माल्दिभ्सका खेलाडी पनि २-३ साताको तयारीमा नै साफ खेल्न आएका छन् । यस्तो अवस्थामा नेपालले आफ्नो राम्रो तयारीको फाइदा उठाउनुपर्छ ।

विश्वकप छनोटमा तयारीको लागि समय नपाएका अलमुताइरीले साफमा आफूलाई प्रमाणित गर्नुको विकल्प छैन । त्यसो त उनले साफमा जे नतिजा आएपनि टोली छाड्ने निश्चितजस्तै छ । यसअघि सेमिफाइनलमा नै रोकिँदै आएको नेपाली टोलीसामु यसपटक त्यो चरणको तगारो हटेको छ । टोलीले माल्दिभ्सविरुद्ध शुक्रबार मैदान उत्रँदा अघिल्लो संस्करणको सेमिफाइनलको बदला लिने सोचमा हुनुपर्छ । आजको खेलमा सकारात्मक नतिजा आएमात्र नेपालको फाइनल यात्राबारे सोच्न सकिन्छ ।

नेपालको घरेलु फुटबललाई नै रोकेर राष्ट्रिय टोलीले साफको तयारी गरेको छ । यस्तो अवस्थामा खेलाडीबाट कम्तिमा पनि फाइनलसम्म यात्रा अपेक्षा गर्नु जायज हो । अलमुताइरीले पटक पटक फाइनल पुगेर इतिहास लेख्ने बताएका छन् । उनले टोलीसँग प्रशिक्षणमा बिताएको समय र खेलाडीको क्षमता हेर्दा पनि त्यो सम्भव देखिन्छ । यसअघिका नतिजामा अनेक बहाना पाएका अलमुताइरीलाई यसपटक नतिजा दिनुपर्ने अवस्था छ । लामो तयारीका साथ माल्दिभ्स पुगेको नेपाली टोलीले यसपटक कम्तिमा फाइनल नपुगे ‘असफल’ को तक्मा भिरेर फर्कनेछ ।

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

Success

Thank you for your time.