default_image

2 years ago

October 1, 2021

नेपोली र लेस्टरको हार

एजेन्सी – युइएफए युरोपा लिगमा इटालियन क्लब नेपोली र इंग्लिस क्लब लेस्टर सिटीले हार बेहोरेको छ । सुरुवाती अग्रता लिनका बावजुत इटालियन क्लब नेपोलीले रसियन क्लब स्पार्टक मस्कोसँग ३–२ को हार बेहारेको हो । दुवै टोलीले १० खेलाडीमा खेलको अन्त्य गरेको थियो । नेपोलीले स्पार्टक मस्कोसँग स्पार्टक मस्कोको जितमा क्वीन्सी प्रोमिसले दुई तथा मिखाइल इग्नाटोभले […]

26 views

0 Bookmark

एजेन्सी – युइएफए युरोपा लिगमा इटालियन क्लब नेपोली र इंग्लिस क्लब लेस्टर सिटीले हार बेहोरेको छ । सुरुवाती अग्रता लिनका बावजुत इटालियन क्लब नेपोलीले रसियन क्लब स्पार्टक मस्कोसँग ३–२ को हार बेहारेको हो ।

दुवै टोलीले १० खेलाडीमा खेलको अन्त्य गरेको थियो । नेपोलीले स्पार्टक मस्कोसँग स्पार्टक मस्कोको जितमा क्वीन्सी प्रोमिसले दुई तथा मिखाइल इग्नाटोभले एक गोल गरे । नेपोलीका इल्जिफ इल्मास र भिक्टर ओसिमहेनले गोल गरे ।

घरेलु मैदानमा खेलको पहिलो मिनेटमा इल्जिफ इल्मासको गोलबाट नेपोलीले अग्रता लिएको थियो । २९औं मिनेटमा मारियो रुई सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नेपोली समस्यामा परेको थियो । त्यसको फाइदा स्पार्टक मस्कोले उठाउन सफल भयो ।

५५औं मिनेटमा क्वीन्सी प्रोमिसले गोल गर्दै खेललाइ १–१ गोलको बराबरीमा ल्याए । ८०औं मिनेटमा मिखाइल इग्नाटोभले गोल गर्दै मस्कोलाई २–१ को अग्रता दिलाए । ८२औं मिनेटमा म्याक्सिमिलियानो कोउफ्रेज दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि स्पार्टक मस्को पनि १० खेलाडीमा समेटिन पुग्यो ।

९०औं मिनेटमा क्वीन्सी प्रोमिसले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै मस्कोलाई ३–१ ले अघि बढाए । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा भिक्टर ओसिमहेनले गोल गरेपनि टोलीको हार टार्न सकेन ।

यसै समूह ‘सी’ को खेलमा इंग्लिस क्लब लेस्टर सिटीले पोलिस क्लब लेगिया वार्सजावासँग १–० को हार बेहोरेको छ । लेगिया वार्सजावाको जितमा माहिर इमरेलीले पहिलो हाफमा गरेको गोल न निर्णायक बन्यो ।

यो नतिजापछि समूह ‘सी’ मा लेगिया वार्सजावा दुई जितसहित ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । स्पार्टक मस्को ३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । समान १ अंक भएपनि नेपोली तेस्रो तथा लेस्टर पुछारमा रहेको छ ।

अन्य नतिजा

फेनरवाचविरुद्ध ओलम्पियाकोस (०–), लेगिया वार्सजावाविरुद्ध लेस्टर (–०), लियोनविरुद्ध ब्रोन्डवी (–०), नेपोलीविरुद्ध स्पार्टक मस्को (२–)

रियल सोसिडाडविरुद्ध मोनाको (१–१), रोयल एन्ट वेर्पविरुद्ध फ्रान्कफुर्ट (०–), स्पार्टा प्राहाविरुद्ध रेन्जर्स (–०), स्ट्रुम ग्राजविरुद्ध पीएसभी इन्डोभेन (१–)

ब्रागाविरुद्ध मिड्जेल्यान्ड (–१), सेल्टिकविरुद्ध लिभरकुसन (०–), फेरेन्कभारोसविरुद्ध रियल बेटिस (१–)

जिन्कविरुद्ध डिनामो जाग्रिव (०–), लाजियोविरुद्ध लोकोमोटिभ (–०), लुडोगोरेट्स राजग्राडविरुद्ध एफके क्रेभेना जेभेज्दा (०–)

मार्सेविरुद्ध गालाटासारे (०–०), वेस्ट ह्यामविरुद्ध रेपिड वेन (–०)

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.