default_image

3 years ago

October 1, 2021

माल्दिभ्सविरुद्ध नेपालको कमजोर इतिहास

काठमाडौं (हाम्रो खेलकुद)– पुरुष फुटबलमा माल्दिभ्सविरुद्ध नेपालको इतिहास सन्तोषजनक छैन । झन् यसपटक माल्दिभ्सविरुद्ध उसकै भूमिका साफ च्याम्पियनसिपमा खेल्नु पक्कै सहज हुने छैन । पछिल्लो भेटको नतिजा स्मरण गर्ने हो भने त्यो झन् निराशजनक छ । सदा जस्तै मुख्य दाबेदारका रुपमा हेरिएको नेपाल सेमिफाइनलमा माल्दिभ्ससँगै पराजित भएर फर्कनु परेको थियो । सन् २०१८ मा बंगलादेशमा […]

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पुरुष फुटबलमा माल्दिभ्सविरुद्ध नेपालको इतिहास सन्तोषजनक छैन । झन् यसपटक माल्दिभ्सविरुद्ध उसकै भूमिका साफ च्याम्पियनसिपमा खेल्नु पक्कै सहज हुने छैन । पछिल्लो भेटको नतिजा स्मरण गर्ने हो भने त्यो झन् निराशजनक छ ।

सदा जस्तै मुख्य दाबेदारका रुपमा हेरिएको नेपाल सेमिफाइनलमा माल्दिभ्ससँगै पराजित भएर फर्कनु परेको थियो । सन् २०१८ मा बंगलादेशमा भएको साफको पछिल्लो संस्करणको सुरुवात हारबाट गरेपनि त्यसपछि का दुई खेलमा सानदार प्रदर्शन गरेको नेपाललाई दाबेदार नमान्ने कमै थिए । तर, दुर्भाग्य सेमिफाइनलमा नेपाली टोली माल्दिभ्सविरुद्ध निरिह सावित भयो र ३–० को नतिजा सुम्पिएको थियो ।

यसपटक माल्दिभ्ससँग खेल्दै नेपालले साफ च्याम्पियनसिपको यात्रा सुरु गर्दा कस्तो प्रदर्शन गर्ला वा कस्तो नतिजा निकाल्ला चासो हुनेनै भयो । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राती ९ः४५ बजे सुरु हुनेछ ।

साविक विजेता समेत रहेको माल्दिभ्सविरुद्ध उसकै मैदानमा खेल्दा मानसिक रुपमा दबाब पनि पर्न सक्छ । त्यसमाथि पहिलो खेलमा नेपाल ‘कन्भिन्सिङ पर्फर्मेन्स’ दिनबाट चुक्ने गरेको छ । बिहीबारको प्रि म्याच कन्फ्रेन्समा नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठ र कप्तान किरण चेम्जोङले पनि माल्दिभ्सविरुद्धको खेल सहज नहुने संकेत गरेका छन् ।

‘माल्दिभ्सलाई घरेलु समर्थक र वातावरणको फाइदा पुग्ला । हामी समर्थकको सम्मान गर्छौं, किरणले भनेका थिए । उनले समर्थक र वातारणको फाइदा माल्दिभ्सलाई पुगेपनि त्यसको असर आफूहरुमा नपर्ने बताएका थिए । उनले भनेका छन्, हामी मैदानमा लडेर नतिजा निकाल्नेछौं ।’

सहायक प्रशिक्षक श्रेष्ठले भनेका थिए, ‘माल्दिभ्स राम्रो टोली हो र साविक विजेता पनि । घरेलु मैदानमा खेल्दा पक्कै सहज हुनेछ । हामीलाई उनीहरुको सामना गर्न कठिन हुनेछ ।’

१६ खेल मध्ये ५० प्रतिशतमा हार

नेपाल र माल्दिभ्सबीच अहिले सम्म १६ पटक भेट भइसकेको छ । त्यसमध्येका ५० प्रतिशत खेलमा माल्दिभ्सले जित हासिल गरेको छ । बाँकी ८ मध्ये नेपालले ४ खेलमा जित हासिल गर्दा ४ खेल भने बराबरीमा टुंगिएका छन् । च्याम्पियनसिपमा आफ्नो पहिलो खेल दुवै हार्न चाहदैनन् ।

राउन्ड रोविन लिगका आधारमा हुने हरेक खेल अन्तिम दुईमा पर्न पनि सबै खेलको नतिजा महत्वपूर्ण हुनेछ । नेपाल, माल्दिभ्ससहित भारत, बंगलादेश र श्रीलंकाले यस पटकको च्याम्पियनसिप खेल्दैछन् । त्यसैले सबैले सबैसँग खेलेपछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।

फाइनलको लागि बलियो दाबेदारी प्रस्तुत गर्न पनि आजको खेलमा नेपाल र माल्दिभ्स जितकै लागि खेल्नेछन् । यद्दपी इतिहास भने माल्दिभ्स बलियो रहँदै आएको छ । दुई दशक भन्दा लामो समयदेखि नेपाली टोलीले माल्दिभ्सलाई हराउन सकेको छैन । नेपालमा १९९९ मा आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) यता नेपालले माल्दिभ्समाथि जित निकाल्न सकेको छैन । त्यति बेला नेपालले २–१ ले जितेको थियो ।

त्यसयताका ७ खेलमा नेपाल विजयी हुन सकेको छैन । ५ खेलमा हार बेहोरेको नेपालले २ खेलमा भने बराबरी खेलेको थियो ।

हालको साग तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) को पहिलो संस्करण १९८४ मा नेपालमै भएको थियो । त्यहि नेपाल र माल्दिभ्सको पहिलो औपचारिक भेट भएको थियो । राउन्ड रोविनका आधारमा भएको त्यो सागमा नेपालले माल्दिभ्सलाई ४–० ले हराएको थियो ।

नेपाल च्याम्पियन बनेको त्यो सागमा माल्दिभ्सलाई नेपालले दुई पटक हराएको थियो । समूह चरण र फाइनल दुवैमा माल्दिभ्सलाई समान ४–० ले हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।

साफ च्याम्पियनसिपमा पनि नेपाल कमजोर

माल्दिभ्सविरुद्ध साफ च्याम्पियनसिपमा नेपाल कमजोर रहँदै आएको छ । १९९९ मा दुई पटकको भेटमा दुवै पटक नेपाल पराजित भएको थियो । माल्दिभ्सविरुद्ध समूह चरणमा ३–२ ले पराजित नेपाल भएको नेपाल तेस्रो स्थानको खेलमा २–० को नतिजा सुम्पेसको थियो । २००३ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा नेपाल फेरि ३–२ ले नै पराजित भएर फर्केको थियो ।

त्यसपछि २००८ को संस्करणमा नेपाल ४–१ ले पराजित भएको थियो । २००९ र २०११ को संस्करणमा दुवै खेलमा यी दुई टोलीबीच पहिलो खेलमै भेट हुँदा १–१ को बराबरी भएको थियो । त्यसपछि एकै पटक २०१८ को सेमिफाइनलमा भेट हुँदा नेपाल ३–० ले निराश भएको थियो

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.