default_image

3 years ago

October 1, 2021

साफ च्याम्पियनसिप – नेपालमाथि कमजोर सुरुवातको ‘ट्याग’

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली राष्ट्रबीच फुटबलको सबै भन्दा ठूलो प्रतियोगिता साफ च्याम्पिनयसिप माल्दिभ्समा शुक्रबार सुरु हुँदैछ । झण्डै ३ दशक लामो इतिहास भएको च्याम्पियनसिपको १३ औं संस्करणको आयोजना हुँदा हरेक टोलीका आ आफ्नै इतिहास छन् । खेलमा इतिहासको सधै निरन्तरता हुन्छ भन्ने छैन । नयाँ संस्करणमा नयाँ इतिहास रचिनेछन् । हरेक च्याम्पियनसिपमा पहिलो खेल […]

59 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली राष्ट्रबीच फुटबलको सबै भन्दा ठूलो प्रतियोगिता साफ च्याम्पिनयसिप माल्दिभ्समा शुक्रबार सुरु हुँदैछ । झण्डै ३ दशक लामो इतिहास भएको च्याम्पियनसिपको १३ औं संस्करणको आयोजना हुँदा हरेक टोलीका आ आफ्नै इतिहास छन् । खेलमा इतिहासको सधै निरन्तरता हुन्छ भन्ने छैन । नयाँ संस्करणमा नयाँ इतिहास रचिनेछन् ।

हरेक च्याम्पियनसिपमा पहिलो खेल महत्वपूर्ण मानिन्छ । टोलीको तयारीको आंकलन र अघिको यात्रा सहज पार्नका लागि पहिलो खेल धेरै अर्थमा महत्वपूर्ण पनि हुन्छ । तर, नेपालको हकमा साफ च्याम्पिनसिपको सुरुवात सन्तोषजनक रहेको छैन ।

यसअघिका १२ संस्करणमा नेपालले धेरै पटक हारबाट यात्रा सुरु गरेको छ । १२ संस्करणका सुरुवाती खेलमा नेपालले २ पटक मात्र जित निकाल्न सकेको छ भने ३ पटक बराबरी खेलेको छ । बाँकी ७ खेलमा हार बेहोर्नु परेको छ । आज आयोजक समेत रहेको साविक विजेता माल्दिभ्ससँग खेल्दै नेपालले च्याम्पिनयसिपको यात्रा थाल्नेछ । यसअघि पनि दुई पटक माल्दिभ्ससँग खेल्दै नेपालले च्याम्पियनसिपको सुरुवात गरेको थियो । ती दुवै पटक नेपाल र माल्दिभ्सले १–१ को बराबरी खेलेका थिए ।

बंगलादेशमा सन् २००९ मा र सन् २०११ मा भारतमा भएको च्याम्पियनसिपका दुवै संस्करणमा नेपाल र माल्दिभ्सबीच पहिलो भेट भएको थियो । १९९९ र २०१३ मा मात्र नेपालले पहिलो खेल जितेको थियो । भारतमा भएको चौथो संस्कराण्मा नरेश जोशीको ह्याट्रिकका नेपालले श्रीलंकालाई ३–२ ले हराएको थियो ।

स्वदेशमा आयोजना भएको दसौं संस्करणको पहिलो खेलमा नेपालले बंगलादेशलाई हराउँदा अनिल गुरुङ गुरुङ र भरत खवासले गोल गरेका थिए । माल्दिभ्ससँग पहिलो खेलमा २ बराबरी बाहेक १९९३ को पहिलो संस्करणको पहिलो खेलमा नेपालले पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो । साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाली टोली भारत, बंगलादेश र पाकिस्तान सँग समान २ र श्रीलंकासँग एक पटक पराजित भएको छ ।

साफ च्याम्पियनसिपका अघिल्ला १२ संस्करणको पहिलो खेलमा नेपालको प्रदर्शन

१९९३, पाकिस्तान – पाकिस्तानविरुद्ध नेपाल (१–१)

१९९५, श्रीलंका – नेपालविरुद्ध बंगलदेश (०–२)

१९९७, नेपाल – नेपालविरुद्ध पाकिस्तान (०–२)

१९९९,भारत – श्रीलंकाविरुद्ध नेपाल (२–३) नरेश जोशीको ह्याट्रिक

२००३, बंगलादेश – बंगलादेशविरुद्ध नेपाल (१–०)

२००५,पाकिस्तान – भारतविरुद्ध नेपाल (२–१)

२००८,माल्दिभ्स/श्रीलंका – भारतविरुद्ध नेपाल (४–०)

२००९ ,बंगलादेश – माल्दिभ्सविरुद्ध नेपाल (१–१)

२०११,भारत – माल्दिभ्सविरुद्ध नेपाल (१–१)

२०१३,नेपाल – नेपालविरुद्ध बंगलादेश (२–०)

२०१५,भारत – नेपालविरुद्ध श्रीलंका (०–१)

२०१८,बंगलादेश – नेपालविरुद्ध पाकिस्तान (१–२)

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.