default_image

3 years ago

October 1, 2021

साफ च्याम्पियनसिप – नेपालको जित भन्दा हार झण्डै दोब्बर

काठमाडौं (हाम्रो खेलकुद)– साफ च्याम्पियनसिपको झण्डै ३ दशक लामो इतिहासमा सबै संस्करणमा भाग लिने ३ टोली मध्ये एक नेपाल हो । सबै १२ संस्करणमा भाग लिए पनि नेपाली टोली अहिले सम्म साफ च्याम्पियनसिपको उपाधि विजेता बन्न सकेको छैन । नेपालबाहेक भारत र श्रीलंकाले पनि सबै संस्करणमा भाग लिएका छन् । भारत सर्वाधिक ७ पटक च्याम्पियन […]

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– साफ च्याम्पियनसिपको झण्डै ३ दशक लामो इतिहासमा सबै संस्करणमा भाग लिने ३ टोली मध्ये एक नेपाल हो । सबै १२ संस्करणमा भाग लिए पनि नेपाली टोली अहिले सम्म साफ च्याम्पियनसिपको उपाधि विजेता बन्न सकेको छैन ।

नेपालबाहेक भारत र श्रीलंकाले पनि सबै संस्करणमा भाग लिएका छन् । भारत सर्वाधिक ७ पटक च्याम्पियन बन्दा श्रीलंकाले पनि उपाधि उचालेको छ । पटक पटक फाइनल पुग्ने अवसर पाएर पनि नेपाल चुक्दै आएको छ । सन् २०११ र २०१३ को संस्करणमा दुवै पटक नेपाली टोली अफगानिस्तानसँग निराश भएको थियो । दुवै पटक टोली १–० ले पराजित भएको थियो । पछिल्लो संस्करणमा माल्दिभ्ससँग ३–० ले पराजित भएको थियो ।

साफको इतिहास हेर्दा नेपालले जित र बराबरी भन्दा पनि हार बढी बेहोरेको छ । अहिले सम्म साफ च्याम्पियनसिपमा ३८ खेल खेल्दा नेपालले मात्र ११ खेल जितेको छ । त्यस्तै ६ खेलमा बराबरी खेलेको छ । २१ खेलमा हार बेहोरको छ । त्यसमध्ये दुई खेलमा नेपालले थप समय गएर नतिजा सुम्पेको थियो । यसपटक माल्दिभ्समा आजबाट सुरु हुने च्याम्पियनसिपमा आयोजक, नेपालसहित, भारत, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले असोज ३० गते फाइनल खेल्नेछन् ।

साफ च्याम्पियनसिप नेपालको प्रदर्शन

३८ खेल – ११ जित, ६ बराबरी र २१ हार (दुई अतिरिक्त समयमा)

सन् १९९३, पाकिस्तान

पाकिस्तानविरुद्ध नेपाल (१–१)

श्रीलंकाविरुद्ध नेपाल (०–०)

भारतविरुद्ध नेपाल (१–०)

सन् १९९५, श्रीलंका

नेपालविरुद्ध बंगलदेश (०–२)

नेपालविरुद्ध पाकिस्तान (२–०)

सेमिफाइनल – श्रीलंकाविरुद्ध नेपाल (२–१) अतिरिक्त समय

सन् १९९७,नेपाल

नेपालविरुद्ध पाकिस्तान (०–२)

नेपालविरुद्ध श्रीलंका (१–३)

सन् १९९९, भारत

श्रीलंकाविरुद्ध नेपाल (२–३) नरेश जोशीको ह्याट्रिक

नेपालविरुद्ध माल्दिभ्स (२–३)

सेमिफाइनल – बंगलादेशविरुद्ध नेपाल (२–१)

तेस्रो स्थान – माल्दिभ्सविरुद्ध नेपाल (२–०)

सन् २००३, बंगलादेश

बंगलादेशविरुद्ध नेपाल (१–०)

नेपालविरुद्ध भुटान (२–०)

नेपालविरुद्ध माल्दिभ्स (२–३)

सन् २००५, पाकिस्तान

भारतविरुद्ध नेपाल (२–१)

बंगलादेशविरुद्ध नेपाल (२–०)

नेपालविरुद्ध भुटान (३–१)

सन् २००८ माल्दिभ्स/श्रीलंका

भारतविरुद्ध नेपाल (४–०)

माल्दिभ्सविरुद्ध नेपाल (४–१)

पाकिस्तानविरुद्ध नेपाल (१–४)

सन् २००९, बंगलादेश

माल्दिभ्सविरुद्ध नेपाल (१–१)

भारतविरुद्ध नेपाल (१–०)

अफगानिस्तानविरुद्ध नेपाल (०–३)

सन् २०११, भारत

माल्दिभ्सविरुद्ध नेपाल (१–१)

नेपालविरुद्ध बंगलादेश (१–०)

पाकिस्तानविरुद्ध नेपाल (१–१)

सेमिफाइनल – अफगानिस्तानविरुद्ध नेपाल (१–०) अतिरिक्त समय

सन् २०१३, नेपाल

नेपालविरुद्ध बंगलादेश (२–०)

पास्कितानविरुद्ध नेपाल (१–१)

भारतविरुद्ध नेपाल (१–२)

सेमिफाइनल – नेपालविरुद्ध अफगानिस्तान (०–१)

सन् २०१५, भारत

नेपालविरुद्ध श्रीलंका (०–१)

भारतविरुद्ध नेपाल (४–१)

सन् २०१८, बंगलादेश

नेपालविरुद्ध पाकिस्तान (१–२)

नेपालविरुद्ध भुटान (४–१

बंगलादेशविरुद्ध नेपाल (०–२)

सेमिफाइनल – नेपालविरुद्ध माल्दिभ्स (०–३)

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.