default_image

3 years ago

October 2, 2021

एभर्टनसँग युनाइटेड बराबरीमा रोकियो

एजेन्सी – म्याचेस्टर युनाइटेड प्रिमियर लिगमा शनिबार बराबरीमा रोकिएको छ । एन्ड्रोस टाउनसेन्डले लगातार दोस्रो साता गोल गरेपछि एभर्टनले युनाइटेडलाई १–१ को बराबरीमा रोकेको छ । बराबरीका कारण युनाइटेडले अंक तालिकाको शीर्षस्थानमा पुग्ने मौका गुमाएको छ । ६५ औं मिनेटमा एब्डोयुलाय डोकोउरेको पासमा टाउनसेन्डले बराबरी गोल गरेका थिए । खेलमा अग्रता युनाइटेडले लिएको थियो । […]

44 views

0 Bookmark

एजेन्सी – म्याचेस्टर युनाइटेड प्रिमियर लिगमा शनिबार बराबरीमा रोकिएको छ । एन्ड्रोस टाउनसेन्डले लगातार दोस्रो साता गोल गरेपछि एभर्टनले युनाइटेडलाई १–१ को बराबरीमा रोकेको छ । बराबरीका कारण युनाइटेडले अंक तालिकाको शीर्षस्थानमा पुग्ने मौका गुमाएको छ ।

६५ औं मिनेटमा एब्डोयुलाय डोकोउरेको पासमा टाउनसेन्डले बराबरी गोल गरेका थिए । खेलमा अग्रता युनाइटेडले लिएको थियो । ब्रुनो फर्नान्डेजको पासमा एन्टोनी मार्सियलले ४३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा अग्रता दिलाएका थिए । फेब्रुअरी पछि प्रिमियर लिगमा मार्सियलको त्यो पहिलो गोल थियो ।

भ्रमणकारी टोली एभर्टनले पहिलो हाफमा पनि गोलका केहि मौका पाएका थिए । टाउनसेन्ड र ग्रे दुवै गोलको नजिक पुगेर चुकेका थिए । दोस्रो हाफमा मैदान प्रवेश गरेका क्रिस्टियानो रोनाल्डोको शनिबारको खेल प्रिमियर लिगको २ सयौं खेल थियो । रोनाल्डो ५७ औं मिनेटमा इन्डिसन काभानीको सट्टा मैदान प्रवेश गरेका थिए ।

यसै साता भिल्लारियलविरुद्ध च्याम्पियन्स लिगमा २–१ जितमा रोनाल्डोले निर्णायक गोल गरेका थिए । तर, एभर्टनविरुद्ध भने त्यस्तै नतिजा दिलाउन रोनाल्डो सफल भएनन् । उनी मैदान प्रवेश गरेको केहि समयमा एभर्टनले बराबरी गोल फर्काएको थियो । १–१ को बराबरीपछि एभर्टनका यरी मिनाले गरेको गोल भिएआर परिक्षणबाट अफसाइड दिएको थियो ।

युनाइटेड र एभर्टनको समान १४ अंक पुगेको छ । एक खेल कम खेलेको लिभरपुल समान १४ अंकका साथ शीर्षस्थानमा छ । युनाइटेड दोस्रो र एभर्टन तेस्रो स्थानमा उक्लेका छन् ।

प्रिमियर लिगमा शनिबारको खेल

खेल/ समय

बर्निलीविरुद्ध नर्विच सिटी साँझ ७ः४५ बेज

चेल्सीविरुद्ध साउथह्याम्टन साँझ ७ः४५ बजे

लिड्स युनाइटेडविरुद्ध वाटफोर्ड साँझ ७ः४५ बजे

उल्भरह्याम्टन वानर्डरर्सविरुद्ध न्युक्यासल युनाइटेड साँझ ७ः४५ बजे

ब्राइटन एन्ड होभ अल्बाइनविरुद्ध आर्सनल राती १०ः१५ बजे

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.