default_image

3 years ago

October 3, 2021

सुआरेज चम्कदा बार्सिलोनाको हार

एजेन्सी –उरुग्वेली फरवार्ड लुइस सुआरेजले पुर्व क्लबविरुद्ध एक गोल र अर्काे असिस्ट दिएपछि स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले एट्लेटिको म्याड्रिडसँग हार बेहोरेको छ । वान्डा मेट्रोपोलिटानोमा शनिबार राति भएको खेलमा घरेलु टोली एट्लेटिकोको जितमा थोमस लेमार र लुइस सुआरेज गोल गरेपछि बार्सिलोनाले २–० को हार बेहोरेको हो । दुवै गोल पहिलो हाफमा भएको थियो […]

87 views

0 Bookmark

एजेन्सी –उरुग्वेली फरवार्ड लुइस सुआरेजले पुर्व क्लबविरुद्ध एक गोल र अर्काे असिस्ट दिएपछि स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले एट्लेटिको म्याड्रिडसँग हार बेहोरेको छ ।

वान्डा मेट्रोपोलिटानोमा शनिबार राति भएको खेलमा घरेलु टोली एट्लेटिकोको जितमा थोमस लेमार र लुइस सुआरेज गोल गरेपछि बार्सिलोनाले २–० को हार बेहोरेको हो । दुवै गोल पहिलो हाफमा भएको थियो ।

खेलको २४औं मिनेटमा थामस लेमारको गोलबाट एट्लेटिकोले अग्रता लिएको थियो । उनले लुइस सुआरेजको पासमा गोल गरेका थिए । ४४औं मिनेटमा सुआरेजले थोमस लेमारको पासमा गोल गरेपछि एट्लेटिकोले पहिलो हाफमा २–० को अग्रता लिएको थियो ।

दुई गोलले पछि परेको बार्सिलोनाले घरेलु टोलीमाथि बल पोसेसन राख्दै दवाव बढाएपनि फिनिसिङमा चुक्दा ला लिगामा सिजनको पहिलो हार बेहार्न पुग्यो । एट्लेटिकोले भने आफुले लिएको अग्रता जोगाउँदै ला लिगामा अपराजित रहन सफल भयो ।

यो जितपछि अपराजित रहेको एट्लेटिकोले ८ खेलबाट १७ अंक जोड्दै शीर्ष स्थानको रियल म्याड्रिडसँग अंक बराबरी गरेपनि गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ । दुवै टोलीको समान १७ अंक छ । रियलले एक खेल कम खेलेको छ । पराजित बार्सिलोना ७ खेलबाट १२ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

अन्य नतिजा

एथलेटिको बिल्वाओविरुद्ध एलाभेस (–०), ओसासुनाविरुद्ध रायो भालेकानो (–०), मलोर्काविरुद्ध लेभान्टे (–०) र क्याडिजविरुद्ध भ्यालेन्सिया (०–०)

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.