default_image

3 years ago

October 3, 2021

युभेन्ट्सको जित, इन्टर मिलान पनि विजयी

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले लगातार तेस्रो जित निकाल्दा इन्टर मिलानले पनि सफलता हात पारेको छ । खराव सुरुवात गरेको युभेन्ट्सले घरेलु टोली टोरिनोलाई १–० ले पराजित गरेको हो । युभन्ट्सको जितमा खेलको अन्त्यतिर म्यानुयल लोकाटेलीले गरेको गोल नै निर्णायक बन्यो । उनले ८६औं मिनेटमा फेडरिको चिइसाको पासमा गोल गरेका थिए । सुरुवाती […]

73 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले लगातार तेस्रो जित निकाल्दा इन्टर मिलानले पनि सफलता हात पारेको छ । खराव सुरुवात गरेको युभेन्ट्सले घरेलु टोली टोरिनोलाई १–० ले पराजित गरेको हो ।

युभन्ट्सको जितमा खेलको अन्त्यतिर म्यानुयल लोकाटेलीले गरेको गोल नै निर्णायक बन्यो । उनले ८६औं मिनेटमा फेडरिको चिइसाको पासमा गोल गरेका थिए ।

सुरुवाती चार खेलबाट मात्रै २ अंक जोडेर युभेन्ट्सले पछिल्लो ३ खेलबाट ९ अंक जोडेपछि अंक तालिकामा पनि सुधार गरेको छ । जितपछि युभेन्ट्स ७ खेलबाट ११ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित टोरिनो ८ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

यस्तै सिरी ‘ए’ कै अर्काे खेलमा इन्टर मिलानले घरेलु टोली सस्सुलोमाथि २–१ पूनरागमन जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ । इन्टर मिलानको जितमा इडेन जेको र लोउटारो मार्टिनेजले गोल गरे । घरेलु टोलीका डोमिनिको बेरारडीको गोल सान्त्वना बन्यो ।

जितपछि इन्टर मिलान ७ खेलबाट १७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । सस्सुलो ७ अंक जोडेर १३औं स्थानमा रहेको छ । शीर्षस्थानको नेपोलीको ६ खेलबाट १८ अंक छ ।

अन्य नतिजा
क्याग्लिएरीविरुद्ध भेनेजिया (१–१) र सालेरनिटानाविरुद्ध जिनोआ (–०)

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.