9 years ago
November 12, 2016
कुचिङ (हाम्रो खेलकुद)– एएफसी सोलिडारिटी कपमा नेपाल र लाओसबीचको सेमिफाइनलको निर्धारित ९० मिनेटका खेल १–१ को बराबरीमा टुंगिएको छ । अब ३० मिनेट समय थपिनेछ । त्यसमा पनि नतिजा नआएमा खेल टाइब्रेकरमा जानेछ ।

पहिलो हाफमा १–० ले पछि परेको नेपाल दोस्रो हाफको सुरुमै विमल घर्तीमगरको गोलसँगै खेलमा फर्केको थियो । ४७ औं मिनेटमा भरत खवासको क्रसलाई विमलले हेडमार्फत बराबरी गोल फर्काएका थिए । बराबरी गोलपछि नेपाली टोलीले विमलकै शैलीमा सेलिब्रेसन गरेको थियो । जारी प्रतियोगितामा दोस्रो गोल गरेका विमलको नेपाली सिनियर टोलीका लागि त्यो पाँचौं गोल हो । उनले ब्रुनाईसँग ३–० को जितमा पेनाल्टीमार्फत तेस्रो गोल गरेका थिए ।
त्यसअघि पहिलो हाफमा नेपालविरुद्ध १९ औं मिनेटमा साइ सोङ खामले हेडमार्फत गोल गरेका थिए । थ्रोमा आएको बललाई कप्तानले क्रस गरेपछि नजिक रहेका कामले ड्रप हेडमा गोल गरेका थिए । उनको प्रहार रोक्न नेपाली किपर किरण चेम्जोङले प्रयास त गरे, तर उनले भेट्टाउन सकेनन् ।
यो सेमिफाइनल विजेताले ब्रुनाई र मकाउबीचको विजेतासँग नोभेम्बर १५ मा फाइनल खेल्नेछ । अर्को सेमिफाइनल नेपाली समय अनुसार ५ः१५ मा हुनेछ ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]