default_image

3 years ago

October 3, 2021

मेयर कप भेट्रान फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)– फुटबलर्स मिसन टुगेदरले अर्को महिना मेयर कप भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा कात्तिक ६ देखि १६ गते सम्म प्रतियोगिता दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आयोजना गरिने आइतबार आयोजित पत्रकार सम्मेलनमा फुटबलर्स मिसन टुलेगदरका महासचिव धिरेन्द्र प्रधानले जानकारी दिए । […]

72 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– फुटबलर्स मिसन टुगेदरले अर्को महिना मेयर कप भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा कात्तिक ६ देखि १६ गते सम्म प्रतियोगिता दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आयोजना गरिने आइतबार आयोजित पत्रकार सम्मेलनमा फुटबलर्स मिसन टुलेगदरका महासचिव धिरेन्द्र प्रधानले जानकारी दिए ।

४० भन्दा माथिको टोलीको सहभागिता रहने प्रतियोगिताको प्रतिस्पर्धी टोलीले ३५ वर्षका ३ खेलाडी राख्न पाउनेछ । प्रतियोगिताको सहभागिताका लागि खुला अव्हान गरिएको बताइएको छ । आयोजकले भने १० देखि १६ टोलीको सहभागिता रहने अनुमान गरेको छ ।

खेल जीवन पश्चात पनि स्वस्थ रहन पूर्व खेलाडी, रेफ्री र प्रशिक्षकहरुलाई एकै थलोमा जमघट गराउनुका साथै सदभाव, भाइचार बढाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको फुटबलर्स मिसन टुगेदरका उपाध्यक्ष विज्ञानराज शर्माले बताए ।

झण्डै २५ लाख रुपैयाँ खर्च हुने प्रतियोगिताका लागि ललितपुर महानगरपालिकाले मुख्य प्रायोजन, अन्य नगरपालिकाले प्रायोजन र एन्फाले पनि आर्थिक सहयोग गर्ने टुगेदरका कोषाध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए । प्रतियोगिताको विजेता टोलीले ५ लाख र दोस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताको टिकट विक्रीबाट संकलन हुने रकमबाट अक्षय कोष स्थापना गरि त्यसको व्याजबाट आर्थिक विपन्न पूर्व राष्ट्रिय खेलाडी, रेफ्री र प्रशिक्षकहरुलाई सहयोग गर्ने मिसन टुगेदरको उद्देश्य रहेको महासचिव प्रधानले बताए ।

स्वर्गिय भइसकेका अन्तर्राष्ट्रिय फुटबल खेलाडी, रेफ्री, प्रशिक्षकहरुलाई सम्झने र फुटबल विकासका लागि एन्फालाई सहयोग गर्ने उद्देश्यका साथ केहि वर्षअघि पूर्व खेलाडीहरु विष्णुगोपाल श्रेष्ठको अध्यक्षतामा फुटबलर्स मिसन टुगेदर गठन गरेका थिए ।

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

Success

Thank you for your time.