default_image

2 years ago

October 3, 2021

लिभरपुल र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (आइतबार) राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुदा लिभरपुलले घरेलु मैदानमा साविकको विजेता म्यानचेस्टर सिटीको आतिथ्यता गर्दैछ । खेल एनफिल्डमा नेपाली समयअनुसार राति ९:१५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा अपराजित लिभरपुल सिटीलाई हराउँदै शीर्षस्थानमा उक्लने लक्ष्यमा हुनेछ । सिटीलाई हराउन सके लिभरपुलले चेल्सीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लनेछ […]

61 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (आइतबार) राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुदा लिभरपुलले घरेलु मैदानमा साविकको विजेता म्यानचेस्टर सिटीको आतिथ्यता गर्दैछ ।

खेल एनफिल्डमा नेपाली समयअनुसार राति ९:१५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा अपराजित लिभरपुल सिटीलाई हराउँदै शीर्षस्थानमा उक्लने लक्ष्यमा हुनेछ । सिटीलाई हराउन सके लिभरपुलले चेल्सीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लनेछ । बराबरी या हारले लिभरपुलले शीर्षस्थानमा उक्लने मौका गुमाउनेछ ।

टोलीसँग मोहम्मद सलाह, साडियो माने, रोबर्टाे फिर्मिनो, कर्टिस जोन्स, फाविन्हो, जोर्डन हेन्डरसन, एन्ड्रिउ रोबर्टसन, भर्जिल भान डाइक, जोएल मटिप, जेम्स मिल्नर र गोलरक्षक एलिसन बेकर रहेका छन् । यस्तै डिएगो जोटा, ताकुमी मिनामिनो, एलेक्स अक्सलेड चेम्वरलेन र डिभोक ओरिगी पनि टोलीमा छन् ।

यता, म्यानचेस्टर सिटी पनि घरेलु टोलीलाई हराउँदै शीर्षस्थानको चेल्सीसँग अंक बराबरी गर्ने लक्ष्यमा हुनेछ । लिभरपुललाई हराउन सके सिटीले चेल्सीसँग अंक बराबरी (१६) गर्नेछ । बराबरी या हारले सिटीले शीर्षस्थानको चेल्सीसँगको अंक दुरी छोट्याउने अवसर गुमाउनेछ ।

टोलीसँग फिल फोडेन, ज्याक ग्रेलिस, केभिन डि ब्रुयन, गाब्रियल जेसस, बर्नाडो सिल्भा, रोड्री, जोओ क्यान्सेलो, एमेरिक लापोर्टा, रुवेन डियास, केल वाल्कर र गोलरक्षक इडर्सन मोराएस रहेका छन् । रहिम स्टर्लिङ, रियाद महारेज, फेरान टोरेस र फर्नान्डिन्हो पनि टोलीमा रहेका छन् ।

यि दुई टोलीबीचको पछिल्लो ३० भेटमा लिभरपुल १२ खेलमा विजयी भएको छ । ८ खेल सिटीले आफ्नो पक्षमा पार्दा १० खेल बराबरीमा सकिएको छ । पछिल्लो तीन भेटमा लिभरपुलले सिटीलाई हराउन सकेको छैन । जसमा १ बराबरी र दुई हारको नतिजा रहेको छ ।

लिभरपुल सिटीसँगको पछिल्लो जितविहीन यात्रालाई टुंग्याउने लक्ष्यमा रहँदा सिटी लिभरपुलसँगको अपराजित यात्रालाई निरन्तरता दिने योजनामा रहनेछ ।

अन्य खेल

क्रिस्टल प्यालेसविरुद्ध लेस्टर सिटी (राति ६:४५ बजे)

टोटेनहमविरुद्ध एस्टन भिल्ला (राति ६:४५ बजे)

वेस्ट ह्यामविरुद्ध ब्रेन्टफर्ड (राति ६ः४५ बजे)

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.