default_image

3 years ago

October 3, 2021

पिएसजीको पहिलो हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सिजनको पहिलो हार बेहोर्ने क्रममा फ्रान्सेली लिग १ अन्तर्गत शनिबार रेनेससँग हार बेहोरेको छ । रेनेसको मैदानमा भएको खेलमा पिएसजी २-० ले पराजित भएको हो । लिगको शीर्षस्थानमा रहेको पिएसजीले सिजनको पहिलो हार बेहोरेको खेलमा आफ्नो पहिलो रोजाइको टोली नै उतारेको थियो । लिओनेल मेस्सी, नेयमार र किलीयन […]

130 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सिजनको पहिलो हार बेहोर्ने क्रममा फ्रान्सेली लिग १ अन्तर्गत शनिबार रेनेससँग हार बेहोरेको छ । रेनेसको मैदानमा भएको खेलमा पिएसजी २-० ले पराजित भएको हो ।

लिगको शीर्षस्थानमा रहेको पिएसजीले सिजनको पहिलो हार बेहोरेको खेलमा आफ्नो पहिलो रोजाइको टोली नै उतारेको थियो । लिओनेल मेस्सी, नेयमार र किलीयन एमबाप्पे सम्मिलित आक्रमणले खेल अवधिभर थुप्रै अवसर सिर्जना गरेपनि गोल गर्न भने सकेनन् । यता रेनेसले भने पहिलो हाफको अन्तिम मिनेट र दोस्रो हाफको पहिलो मिनेटमा गोल गर्दै जित हासिल गरेको हो ।

खेलको ४५ औं मिनेटमा गैतान लाबोर्डले रेनेसको लागि गोल गरेका थिए । उनले कमलदिन सुलेमानाको क्रसमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । दोस्रो हाफको पहिलो मिनेटमा नै फ्लाभिएन टेटले गोल गर्दै अग्रता दोब्बर पारे । उनले पहिलो गोल गरेका लाबोर्डको कटब्याकलाई गोलमा परिणत गरेका थिए ।

दोस्रो हाफको ७० औं मिनेटमा एमबाप्पेले गोल गरेपनि भीएआरले त्यसलाई मान्यता दिएन । थ्रु बलमा गोल गरेका उनलाई रिप्लेमा अफसाइड पोजिसनमा रहेको देखिएको थियो । त्यसअघि लिओनेल मेस्सीले पहिलो हाफमा प्रहार गरको फ्रिकिक क्रसबारमा लगेर बाहिरिएको थियो ।

पिएसजीले ६ महिनापछि लिगमा हार बेहोरेको हो । अप्रिलमा गत सिजनको च्याम्पियन लिलले हराएपछि पिएसजी अपराजित रहेको थियो । जारी सिजन लगातार ८ खेल जितेको पिएसजीले पहिलो पटक अंक गुमाएको हो ।

हारका बाबजुद पनि पिएसजी अंक तालिकामा ६ अंकले अघि छ । पिएसजीले ९ खेलमा २४ अंक जोडेको छ । दोस्रो स्थानको लेन्सले ९ खेलमा १८ अंक बनाएको छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.