default_image

3 years ago

October 4, 2021

पूर्व फिफा रेफ्री खत्रीको निधन

काठमाडौं (हाम्रो खेलकुद)– पूर्व फिफा रेफ्री लव खत्रीको निधन भएको छ । बिहान बथरुममा लडेर टाउँकोमा चोट लागेपछि नख्खुस्थित मेडिसिटी अस्पताल पुर्याएको र त्यहाँ उनलाई मृत घोषित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) मा कार्यरत सञ्जिव पाण्डेले जानकारी दिए । घरेलु फुटबलका चर्चित रेफ्री मध्येका ५० बर्षे खत्री बिहान मर्निङवाकबाट फर्केपछि बाथरुम छिरेको र त्यहि […]

119 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पूर्व फिफा रेफ्री लव खत्रीको निधन भएको छ । बिहान बथरुममा लडेर टाउँकोमा चोट लागेपछि नख्खुस्थित मेडिसिटी अस्पताल पुर्याएको र त्यहाँ उनलाई मृत घोषित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) मा कार्यरत सञ्जिव पाण्डेले जानकारी दिए ।

घरेलु फुटबलका चर्चित रेफ्री मध्येका ५० बर्षे खत्री बिहान मर्निङवाकबाट फर्केपछि बाथरुम छिरेको र त्यहि लडेर अचेत भएपछि अस्पताल लगिएको थियो । पछिल्लो समय खत्री रेफ्री इन्स्ट्रकरका रुमा सक्रिय थिए ।

उमेर हदका कारण सन् २०१८ मा उनले फिफा रेफ्री छाड्न परेको थियो । उनले ए डिभिजन टोली थ्री स्टार, जावलाखेल युथ र फ्रेन्ड्स क्लबबाट फुटबल खेलेका थिए । अन्तिम श्रद्धान्जलीका लागि खत्रीको शव सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा राखिने एन्फाले जनाएको छ । उनकी श्रीमती र १ छोरा छन् ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.