default_image

3 years ago

October 4, 2021

श्रीलंकाविरुद्ध नेपालको टोलीमा आक्रामक परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले दोस्रो खेलमा श्रीलंकाको सामना गर्दैछ । राती ९:४५ बजे सुरु हुने खेलका लागि सुरुवाती ११ घोषणा भएको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माल्दिभ्सविरुद्ध पहिलो खेलमा जित हासिल गरेको टोलीबाट २ परिवर्तन गरेका छन् । प्रशिक्षक अलमुताइरीले पहिलो खेलको तुलनामा आक्रामक परिवर्तन गरेका हुन् […]

63 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले दोस्रो खेलमा श्रीलंकाको सामना गर्दैछ । राती ९:४५ बजे सुरु हुने खेलका लागि सुरुवाती ११ घोषणा भएको छ ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माल्दिभ्सविरुद्ध पहिलो खेलमा जित हासिल गरेको टोलीबाट २ परिवर्तन गरेका छन् । प्रशिक्षक अलमुताइरीले पहिलो खेलको तुलनामा आक्रामक परिवर्तन गरेका हुन् । पछिल्लो खेलबाट दीनेश राजवंशी र सुजल श्रेष्ठको स्थानमा सुमन लामा र विशाल राई टोलीमा आएका छन् ।

नेपालको गोलरक्षक किरण चेम्जोङले टोलीको कप्तानी गर्नेछन् । डिफेन्समा अनन्त तामाङलाई रोहित चन्दले साथ दिनेछन् । अघिल्लो खेलमा रोहितले मिडफिल्डमा खेल्दा दीनेश सेन्टर डिफेन्समा खेलेका थिए । पछिल्लो खेलझैं गौतम श्रेष्ठ र सुमन अर्याल निरन्तर विंगब्याकमा छन् ।

मिडफिल्डमा पुजन उपरकोटी र तेज तामाङले विशाल राईको साथ पाउनेछन् । अघिल्लो खेलमा बेन्चबाट मैदान प्रवेश गरेका विशालले आज सुरुवाती ११ मा स्थान बनाएका हुन् । आक्रमणमा अन्जन विष्ट र नवयुग श्रेष्ठसँगै सुमन लामा अग्रपंक्तिमा छन् । सुमनले आजको खेलमा सुजलको स्थान लिनेछन् ।

राउण्ड रोबिन लिगमा बंगलादेश २ खेलमा ४ अंक जोड्दै अंक तालिकाको शीर्षस्थानमा छ । नेपाल १ खेलमा ३ अंकसहित दोस्रो स्थानमा छ । भारत १ खेलमा १ अंकसहित तेस्रो स्थानमा रहँदा श्रीलंका र माल्दिभ्स अंकविहिन छन् । नेपाल र श्रीलंकाबीच आज राती ९:४५ बजे दोस्रो खेल हुनेछ ।

आज भएको पहिलो खेलमा १० खेलाडीमा सिमित बंगलादेशले भारतलाई बराबरीमा रोकेको थियो । विस्तृतमा यहाँ पढ्नुहोस : भारत १० खेलाडीमा सिमित बंगलादेशसँग बराबरीमा रोकियो

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.