default_image

3 years ago

October 4, 2021

सुमनको गोलमा नेपाललाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिप अन्तर्गत दोस्रो खेलको पहिलो हाफमा श्रीलंकाविरुद्ध १-० को अग्रता लिएको छ । सुमन लामाको गोलमा नेपाल अघि बढेको हो । खेलको सुरुवाती समयमा श्रीलंकाले राम्रो सुरुवात गरेको थियो । नेपाललाई बलमा पकड जमाउन नदिएको श्रीलंकाले आफैं पनि केहि अवसर सिर्जना गरेको थियो । खेलको १९ […]

33 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिप अन्तर्गत दोस्रो खेलको पहिलो हाफमा श्रीलंकाविरुद्ध १-० को अग्रता लिएको छ । सुमन लामाको गोलमा नेपाल अघि बढेको हो ।

खेलको सुरुवाती समयमा श्रीलंकाले राम्रो सुरुवात गरेको थियो । नेपाललाई बलमा पकड जमाउन नदिएको श्रीलंकाले आफैं पनि केहि अवसर सिर्जना गरेको थियो । खेलको १९ औं मिनेटमा डिलन डे सिल्भाले एकल प्रयासमा निकालेको आक्रमणले राम्रो फिनिस पाउन सकेन । उनले बायाँ विंगमा गौतम श्रेष्ठलाई सहजै बिट गर्दै बढाएको आक्रमणको अन्तिम क्रस बाहिरिएको थियो ।

२४ औं मिनेटमा डिलनकै पेनाल्टी क्षेत्र बाहिरको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो । खेलको ३० औं मिनेटमा नेपालले सुमन लामाको गोलमा अग्रता लियो । नवयुग श्रेष्ठले मिडफिल्डबाट आएको बलमा डिफेन्डरलाई छक्याउँदै दिएको पासलाई सुमनले पेनाल्टी क्षेत्रभित्र लग्दै गोल गरेका थिए ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माल्दिभ्सविरुद्ध पहिलो खेलमा जित हासिल गरेको टोलीबाट २ परिवर्तन गरेका छन् । प्रशिक्षक अलमुताइरीले पहिलो खेलको तुलनामा आक्रामक परिवर्तन गर्दै दीनेश राजवंशी र सुजल श्रेष्ठको स्थानमा सुमन लामा र विशाल राई टोलीमा समेटेका हुन् ।

गोलरक्षक किरण चेम्जोङले टोलीको कप्तानी गर्दा डिफेन्समा अनन्त तामाङलाई रोहित चन्दले साथ दिएका छन् । पछिल्लो खेलझैं गौतम श्रेष्ठ र सुमन अर्याल निरन्तर विंगब्याकमा छन् । मिडफिल्डमा पुजन उपरकोटी र तेज तामाङले विशाल राईको साथ पाएका छन् । आक्रमणमा अन्जन विष्ट र नवयुग श्रेष्ठसँगै सुमन लामा अग्रपंक्तिमा छन् ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.