default_image

3 years ago

October 5, 2021

नेपाल फाइनलमा पुग्ने बलियो सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत राउण्ड रोबिन लिगको दोस्रो खेलमा नेपालले सोमबार श्रीलंकालाई पराजित गर्यो । प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले आयोजक तथा साविक विजेता माल्दिभ्सलाई १-० ले पराजित गरेको थियो । मनिष डाँगीले खेलको ५ मिनेट बाँकी […]

72 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत राउण्ड रोबिन लिगको दोस्रो खेलमा नेपालले सोमबार श्रीलंकालाई पराजित गर्यो । प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले आयोजक तथा साविक विजेता माल्दिभ्सलाई १-० ले पराजित गरेको थियो । मनिष डाँगीले खेलको ५ मिनेट बाँकी रहँदा गरेको दर्शनीय गोल नेपालको जितको लागि पर्याप्त रहेको थियो । सोमबार श्रीलंकामाथि ३-२ को जित दर्ता गर्दै नेपालले लगातार दोस्रो जित हासिल गर्यो । नेपालको दोस्रो जितमा सुमन लामा, अन्जन विष्ट र आयुष घलानले १-१ गोल गरे ।

लगातार दोस्रो जितसँगै नेपाल ६ अंक जोड्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । नेपालले दोस्रो स्थानको बंगलादेशभन्दा २ अंकको अग्रता पनि लिएको छ । बंगलादेशले २ खेलमा ४ अंक जोडेको छ । भारतले १ खेलमा १ अंक जोड्दा माल्दिभ्स र श्रीलंका अंकविहिन छन् । माल्दिभ्सले भने १ खेल मात्र खेलेको छ ।

नेपालले अब भारतविरुद्ध आइतबार हुने खेलमा जित हासिल गरे पनि फाइनल पुग्ने सम्भावना छ । त्यसका लागि विहीबार हुने खेलको नतिजा नेपालको पक्षमा आउनुपर्नेछ । नेपाल विहीबार विश्राममा रहँदा भारतले श्रीलंका तथा माल्दिभ्सले बंगलादेशसँग खेल्नेछन् । नेपालले अब लिगमा आइतबार भारत र बुधबार बंगलादेशको सामना गर्नेछ ।

हालसम्म साफ च्याम्पियनसिपको फाइनल पुग्न नसकेको नेपाललाई यसपटक इतिहास रच्ने सुवर्ण अवसर छ । प्रशिक्षक अलमुताइरीले बताएजस्तै यसपटक नेपाल इतिहासनजिक छ । अब टोलीले आफू अनुकुल नतिजा आएमात्र पनि फाइनल पुग्ने सम्भावना रहन्छ ।

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

Success

Thank you for your time.