default_image

3 years ago

October 5, 2021

‘प्रदर्शन होइन, नतिजा महत्त्वपूर्ण’ – प्रशिक्षक अलमुताइरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ अन्तर्गत दोस्रो खेलमा श्रीलंकालाई पराजित गरेपछि प्रतियोगितामा प्रदर्शनभन्दा नतिजा महत्त्वपूर्ण हुने बताएका छन् । खेलपछि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक अलमुताइरीले नेपालले लगातार दोस्रो जित हासिल गरेकोमा खुसी व्यक्त गरे । ‘म तीन अंक जोड्न सकेकोमा धेरै खुसी छु । खेल निकै कठिन थियो । यो प्रतियोगितामा अंक निकै महत्त्वपूर्ण छ र हामीले सम्भव भएको ६ मा सबै ६ जित्न […]

88 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ अन्तर्गत दोस्रो खेलमा श्रीलंकालाई पराजित गरेपछि प्रतियोगितामा प्रदर्शनभन्दा नतिजा महत्त्वपूर्ण हुने बताएका छन् ।

खेलपछि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक अलमुताइरीले नेपालले लगातार दोस्रो जित हासिल गरेकोमा खुसी व्यक्त गरे । ‘म तीन अंक जोड्न सकेकोमा धेरै खुसी छु । खेल निकै कठिन थियो । यो प्रतियोगितामा अंक निकै महत्त्वपूर्ण छ र हामीले सम्भव भएको ६ मा सबै ६ जित्न सकेका छौं,’ उनले भने, ‘हाम्रो अब फाइनल पुग्ने १ प्रतिशत सम्भावना रहेको मेरो बुझाइ छ । प्रतियोगिता अझै बाँकी छ, म खेलाडी र समर्थकबाट निरन्तर साथको अपेक्षा छ । अब दबाब अन्य टोलीलाई छ ।’

प्रशिक्षक अलमुताइरीले साफ च्याम्पियनसिपमा टोलीको प्रदर्शन भन्दापनि नतिजामा ध्यान दिनुपर्ने अभिव्यक्ति दिए । ‘प्रतियोगितामा प्रदर्शन भन्दापनि नतिजा महत्त्वपूर्ण हुन्छ । विपक्षीले बल राख्न चाहन्छ भने राखुन्, मलाई मतलब छैन । मलाई अंक चाहिएको छ । यदि मैत्रीपूर्ण खेल हो भने, प्रदर्शन महत्त्वपूर्ण हुन्छ । किनकि त्यसले प्रतियोगितामा खेल्न राम्रो गराउँछ,’ उनले थपे ।

खेल अनुसार रणनीति हुने भन्दै उनले टोलीले जितका लागि खेल्ने स्पष्ट पारे । ‘हुनसक्छ आज हामीले खेलेको रणनीति कतिलाई मन परेन होला । माल्दिभ्सको खेल पनि मन पराएनन् होला । तर म दुखि हुन्न । हामीले सम्भव भएको ६ अंक नै जितेका छौं,’ उनले भने, ‘अर्को खेलमा भारतले बल पोसेसन राखेर खेलेपनि मलाई केहि छैन । भारतले ९८ प्रतिशत नै बल पोसेसन राख्छ र हामी १-० जित्छौं भने मलाई नतिजा महत्त्वपूर्ण छ । त्यसैले अब हामीले विश्राम लिनेछौं र खेलको तयारी गर्नेछौं ।’

नेपालविरुद्ध लगातार दोस्रो हार बेहोरेपनि प्रतियोगितामा श्रीलंकाले अझै अन्य टोलीलाई हराउन सक्ने बताए । ‘मेरो विचारमा कुनैपनि टोलीविरुद्ध यो नतिजा हासिल गर्छु भन्न सक्ने अवस्था छैन । अर्को चरणमा कुन टोलीले कसलाई हराउँछ भन्न सकिन्न । श्रीलंकाले पछिल्लो खेलबाट सुधार गरेको छ । भारतले बंगलादेशविरुद्ध २ अंक गुमाएकोमा दबाब थपिएको छ । हामीले अब धैर्य गर्न आवश्यक छ । हतार गर्नुहुन्न,’ उनले थपे ।

प्रशिक्षक अलमुताइरीले आफूले खेलाडीलाई दबाबबाट टाढा राख्दै मिडियामा भने फरक प्रस्तुति दिएको बताए । ‘मैले खेलाडीसँग बोल्दा कडा मिहिनेत आवश्यक रहेको बताएको छु । मैले मिडियामा भनेको कुरा मानसिक रुपमा खेल खेलिरहेको हो । तर खेलाडी सधैं दबाबबाट टाढा हुनुपर्छ । मैले खेलाडीलाई मिडियासँग बोल्न नदिन पनि सक्छु । तर यो सब खेलाडीलाई दबाबबाट टाढा राख्न हो,’ उनले भने ।

नेपालले अब भारतविरुद्ध आइतबार हुने खेलमा जित हासिल गरे पनि फाइनल पुग्ने सम्भावना छ । त्यसका लागि विहीबार हुने खेलको नतिजा नेपालको पक्षमा आउनुपर्नेछ । नेपाल विहीबार विश्राममा रहँदा भारतले श्रीलंका तथा माल्दिभ्सले बंगलादेशसँग खेल्नेछन् । नेपालले अब लिगमा आइतबार भारत र बुधबार बंगलादेशको सामना गर्नेछ ।

यो पनि :

‘सर्वाधिक गोलकर्ता बन्न मिहिनेत गर्नेछु’ – अन्जन

नेपाल फाइनलमा पुग्ने बलियो सम्भावना

श्रीलंकालाई हराउँदै नेपाल शीर्षस्थानमा

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

April 22, 2024

कोशी प्रहरी मिल्स गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर चौंथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको जुटमिलको खेलमैदानमा सोमबार भएको अन्तिम क्वाटरफाइनल खेलमा साविक विजेता गोलबजार स्पोर्टिङ क्लब सिराहलाई पेनाल्टी सुटआउट ४–३ ले हराउँदै प्रहरी सेमिफाइनलमा पुगेको हो । प्रहरीले अब फाइनल प्रवेशको लागि बिहीबार घरेलु टोली पेमा युवा क्लब […]

Success

Thank you for your time.