default_image

3 years ago

October 5, 2021

साफमा नेपालको सर्वाधिक सफल सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)– साफ च्याम्पियनसिपको झण्डै तीन दशक लामो इतिहासमा नेपालले अहिले सम्मकै दमदार सुरुवात गरेको छ । माल्दिभ्समा जारी १३ औं साफ च्याम्पियनसिपमा नेपालले सुरुवाती दुवै खेल जितेको छ । सहभागी ५ राष्ट्र मध्य नेपाल सुरुवाती दुई खेल जित्ने नेपाल एक्लो टोली बनेको छ । भारत र माल्दिभ्स बाहेक ३ टोलीले २ खेल खेलेका […]

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– साफ च्याम्पियनसिपको झण्डै तीन दशक लामो इतिहासमा नेपालले अहिले सम्मकै दमदार सुरुवात गरेको छ । माल्दिभ्समा जारी १३ औं साफ च्याम्पियनसिपमा नेपालले सुरुवाती दुवै खेल जितेको छ । सहभागी ५ राष्ट्र मध्य नेपाल सुरुवाती दुई खेल जित्ने नेपाल एक्लो टोली बनेको छ ।

भारत र माल्दिभ्स बाहेक ३ टोलीले २ खेल खेलेका छन् । नेपालले २ शतप्रतिशत सफल नतिजा निकाल्दा बंगलादेशले २ मध्ये १ खेलमा जित र अर्कोमा बराबरी गरेको छ । श्रीलंकाले दुवै खेल हारेको छ । भारत पहिलो खेलमा बराबरीमा रोकिएको छ भने माल्दिभ्सले हारका साथ च्याम्पियनसिपको यात्रा प्रारम्भ गरको छ ।

साफ च्याम्पिनसिपको इतिहासमा माल्दिभ्सलाई पहिलो पटक असोज १५ गते १–० ले हराएको नेपालले सोमबार श्रीलंकामाथि ३–२ को रोमाञ्चक जित दर्ता गरेको थियो । सन् १९९३ मा सुरु भएको साफ च्याम्पियनसिपमा नेपालले सुरुवाती दुई खेल जितेको यसै पटक हो । २ खेल खेल्दा ६ अंकसहित नेपाली टोली शीर्ष स्थानमा रहेको छ । यसअघि २ खेलको समाप्तीमा नेपालले सर्वाधिक ४ अंक मात्र जोड्न सकेको थियो ।

यसअघिका १२ संस्करणमध्ये २ पटक विजयी सुरुवात गरेको थियो । त्यस्तै ३ पटक बराबरी र ७ पटक हारबाट सुरुवात गरेको थियो । यसपटक राउन्ड रोविन लिगपछि शीर्ष २ टोली फाइनल पुग्नेछन् । २ खेलको समाप्तीमा नेपाल सबैभन्दा बलियो अवस्थामा छ । सम्भवतः अर्को खेलको नतिजाबाट नेपाल अन्तिम दुईमा पुग्न सक्छ । नेपाल यसअघि कुनै पनि संस्करणमा फाइनल पुग्न सकेको छैन ।

यसअघिका ३ संस्करणमा मात्र नेपालले २ खेलबाट सर्वाधिक ४ अंक जोडेको थियो । २०११ मा भारतमा, २०१३ मा नेपालमा भएका साफ च्याम्पिनसिपमा २ खेलबाट ४ अंक जोडेको थियो । भारतमा पहिलो खेलमा माल्दिभ्ससँग बराबरी गरेको नेपालले अर्को खेलमा बंगलादेशलाई हराएको थियो । त्यस्तै स्वदेशमा भएको च्याम्पिनसिपमा पहिलो खेलमा बंगलादेशलाई हराएको नेपालले दोस्रो खेलमा पाकिस्तानसँग बराबरी खेलेको थियो ।

साफ च्याम्पिनसिपमा नेपालको सुरुवाती दुई खेलको नतिजा

सन् १९९३, पाकिस्तान

पाकिस्तानविरुद्ध नेपाल (१–१)

श्रीलंकाविरुद्ध नेपाल (०–०)

सन् १९९५, श्रीलंका

नेपालविरुद्ध बंगलदेश (०–२)

नेपालविरुद्ध पाकिस्तान (२–०)

सन् १९९७,नेपाल

नेपालविरुद्ध पाकिस्तान (०–२)

नेपालविरुद्ध श्रीलंका (१–३)

सन् १९९९, भारत

श्रीलंकाविरुद्ध नेपाल (२–३)

नेपालविरुद्ध माल्दिभ्स (२–३)

सन् २००३, बंगलादेश

बंगलादेशविरुद्ध नेपाल (१–०)

नेपालविरुद्ध भुटान (२–०)

सन् २००५, पाकिस्तान

भारतविरुद्ध नेपाल (२–१)

बंगलादेशविरुद्ध नेपाल (२–०)

सन् २००८ माल्दिभ्स/श्रीलंका

भारतविरुद्ध नेपाल (४–०)

माल्दिभ्सविरुद्ध नेपाल (४–१)

सन् २००९, बंगलादेश

माल्दिभ्सविरुद्ध नेपाल (१–१)

भारतविरुद्ध नेपाल (१–०)

सन् २०११, भारत

माल्दिभ्सविरुद्ध नेपाल (१–१)

नेपालविरुद्ध बंगलादेश (१–०)

सन् २०१३, नेपाल

नेपालविरुद्ध बंगलादेश (२–०)

पास्कितानविरुद्ध नेपाल (१–१)

सन् २०१५, भारत

नेपालविरुद्ध श्रीलंका (०–१)

भारतविरुद्ध नेपाल (४–१)

सन् २०१८, बंगलादेश

नेपालविरुद्ध पाकिस्तान (१–२)

नेपालविरुद्ध भुटान (४–१)

सन् २०२१, माल्दिभ्स

नेपालविरुद्ध माल्दिभ्स (१–०)

नेपालविरुद्ध श्रीलंका (३–२)

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.