default_image

3 years ago

October 6, 2021

एमबाप्पे, पीएसी र रियल म्याड्रिड

एजेन्सी – फ्रान्सेली युवा स्टार केलियन एमबाप्पे यो सिजनको समर ट्रान्सफरमा स्थानान्तरण हुन सकेनन् । एमबाप्पेको लागि स्पेनिस क्लब रियल म्याड्रिडले एमबाप्पेको लागि मोटो रकम खर्चने र यसमा उनको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सहमतिमा आउने सबैले अनुमान गरेका थिए । रियलले एमबाप्पेको लागि दुईपटक राम्रै रकमको प्रस्ताव गरेको थियो । तर यो समरमा खेलाडी […]

49 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली युवा स्टार केलियन एमबाप्पे यो सिजनको समर ट्रान्सफरमा स्थानान्तरण हुन सकेनन् । एमबाप्पेको लागि स्पेनिस क्लब रियल म्याड्रिडले एमबाप्पेको लागि मोटो रकम खर्चने र यसमा उनको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सहमतिमा आउने सबैले अनुमान गरेका थिए ।

रियलले एमबाप्पेको लागि दुईपटक राम्रै रकमको प्रस्ताव गरेको थियो । तर यो समरमा खेलाडी अनुबन्धमा सक्रिय देखिएको पीएसजीले आफ्नो युवा स्टार एमबाप्पेलाई गुमाउन चाहेनन् । रियलको आकर्षक प्रस्तावलाई इन्कार गरिदिए । एमबाप्पेको रियल जाने सपना तुहाइदिए । यो कसैले आशा गरेका थिएनन् ।

रियलको दुई प्रस्ताव अस्वीकार भएसँगै दुई पक्ष विन्टर ट्रान्सफर (जनवरी) सम्म मौन रहने अनुमान गरिएपनि अक्टोवरमै एमबाप्पेको सरुवाको चर्चा सुरु भइसकेको छ । एमबाप्पेले आरएमसी र एल इक्युपलाई दिएको अन्तर्वार्तामा उनले यो समरमा नै पीएसजी छाडेर रियल जाने योजना रहेको खुलासा गरेका छन् ।

यो सम्भवत एमबाप्पेको योजना फेरि विवाद पैदा गर्ने थिएन । उनी यो समरपछि पीएसजीमै केन्द्रित हुन चहान्थे । उनको यो टिप्पणी मात्र दुई क्लब (पीएसजी र रियल) सँग जोडिएको छ । एमबाप्पेको यो टिप्पणीअनुसार अब रियल म्याड्रिडले आफैले चाहेको खण्डमा एमबाप्पेलाई अनुबन्ध गर्नको लागि केवल ८७ दिन पर्खनुपर्छ ।

रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले मंगलबार एल डिवेटलाई जनवरी १ मा एमबाप्पेको विषयमा राम्रो समाचार पाउने प्रतिक्रिया दिएका छन् । ‘जनवरीमा एमबाप्पेबाट समाचार पाउनेछ । हामी आशा गर्दछौं कि जनवरी १ मा सबै कुरा हल हुन्छ ।’ त्यसको चार घन्टापछि अध्यक्ष पेरेजले आरएमसीलाई शब्दको गलत अर्थ लगाएको आरोप लगाउँदै रियलले एमबाप्पेको लागि अर्काे वर्ष पर्खनुपर्ने बताएका छन् ।

उनले पीएसजी र रियल म्याड्रिडबीच राम्रा सम्वन्ध रहेको र यो सम्वन्धलाई स्थापित गर्न र उनीहरुको सम्मानको लागि पनि यो आवश्यक रहेको बताएका छन् । तर पीएसजीका लियोनार्दाे रियलका अध्यक्षको भनाईबाट प्रभावित भएनन् । उनले एल इक्युपमार्फत फ्लोरेन्टिनो पेरेजमा पीएसजीको सम्मानको कमी रहेको आरोप लगाए ।

पीएसजीले एमबाप्पेको अनुबन्ध नविकरण गर्न चाहिरहेको छ । पीएसजीले एमबाप्पेको लागि दुई वर्षको प्रस्ताव अघि सारिरहेको छ । स्पेनिस पत्रिका मार्कालाई यो विषयमा राम्रोसँग जानकारी छ । तर मार्का विश्वास गर्छन कि उनी अब पक्का छैनन् र पीएसजी छोड्न चहान्छन् । यो समर ट्रान्सफरको विन्डो बन्द हुन अघि नै थियो । ‘तपाईलाई थाहा छैन के हुन सक्छ ।’ एमबाप्पेले भने, हिजोको सत्य आजको हैन, भोलिको हैन ।’

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.