default_image

3 years ago

October 7, 2021

भारतले श्रीलंकालाई पनि हराउन सकेन

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत राउन्ड रोबिन लिगको तेस्रो चरणमा श्रीलंकाले उपाधि दाबेदार भारतलाई बराबरीमा रोकेको छ । विहीबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा श्रीलंकाले भारतलाई गोलरहित बराबरीमा रोकेको हो । खेलमा भारतले अधिकांश समय आक्रमण गरेपनि गोल गर्न भने सकेन । सुरुवाती दुई खेलमा हार बेहोरेपछि निकै दबाबमा रहेको श्रीलंकाले रक्षात्मक रणनीति […]

74 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत राउन्ड रोबिन लिगको तेस्रो चरणमा श्रीलंकाले उपाधि दाबेदार भारतलाई बराबरीमा रोकेको छ । विहीबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा श्रीलंकाले भारतलाई गोलरहित बराबरीमा रोकेको हो ।

खेलमा भारतले अधिकांश समय आक्रमण गरेपनि गोल गर्न भने सकेन । सुरुवाती दुई खेलमा हार बेहोरेपछि निकै दबाबमा रहेको श्रीलंकाले रक्षात्मक रणनीति अपनाएको थियो । यस बराबरीले भारतको फाइनल पुग्ने समीकरणमा भने धक्का पुगेको छ । भारतले लिग चरणका दुवै खेलमा बराबरी खेलेको छ । यसअघि पहिलो चरणमा भारत १० खेलाडीमा सिमित बंगलादेशसँग १-१ को बराबरीमा रोकिएको थियो ।

यस नतिजाले नेपालको फाइनल पुग्ने सम्भावनालाई भने सहयोग पुगेको छ । अंक तालिकामा नेपाल नै शीर्षस्थानमा कायम छ । नेपालले २ खेलमा ६ अंक जोडेको छ । बंगलादेश २ खेलमा ४ अंक तथा भारतको २ खेलमा २ अंक छ । भारत २ खेलमा २ अंक जोड्दै तेस्रो स्थानमा छ । श्रीलंका १ अंक जोड्दै चौथोमा रहँदा अंकविहिन माल्दिभ्स पुछारमा छ ।

आज हुने अर्को खेलमा आयोजक माल्दिभ्सले बंगलादेशको सामना गर्नेछ । बंगलादेशले आज जित हासिल गरे अंक तालिकाको शीर्ष स्थानमा उक्लनेछ । त्यस्तै साविक विजेता माल्दिभ्स प्रतियोगितामा पहिलो अंक जोड्न चाहन्छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.