default_image

2 years ago

October 7, 2021

न्युकासल युनाइटेड अन्तत: साउदी अरब कोषले किन्यो

एजेन्सी – इंग्लिस प्रिमियर लिगको न्युकासल युनाइटेडलाई साउदी अरेबियाको सार्वभौम धन कोषले खरिद गरेको छ । साउदीको कोषले ३ सय मिलियन पाउण्डमा न्युकसलको स्वामित्व खरिद गरेको हो । झन्डै डेढ वर्षको कसरतपछि साउदी कोषले टोलीको खरिद प्रक्रिया पूरा गरेको हो । साउदीको सरकारले क्लब संचालन कार्यमा कुनै हस्तक्षेप नगर्ने प्रतिवद्धता पाएपछि प्रक्रियाले पूर्णता पाएको हो […]

41 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको न्युकासल युनाइटेडलाई साउदी अरेबियाको सार्वभौम धन कोषले खरिद गरेको छ । साउदीको कोषले ३ सय मिलियन पाउण्डमा न्युकसलको स्वामित्व खरिद गरेको हो ।

झन्डै डेढ वर्षको कसरतपछि साउदी कोषले टोलीको खरिद प्रक्रिया पूरा गरेको हो । साउदीको सरकारले क्लब संचालन कार्यमा कुनै हस्तक्षेप नगर्ने प्रतिवद्धता पाएपछि प्रक्रियाले पूर्णता पाएको हो । दुवै पक्षबाट कागजी प्रक्रिया सकिएको र खरिद रकम समेत चुक्ता भइसकेको अवस्थामा प्रिमियर लिगले भने निर्णय गर्न सकेको थिएन । डेढ वर्ष चलेको अध्ययनपछि लिगले औपचारिक निर्णय गरेको हो ।

साउदीले क्लबको ८० प्रतिशत स्वामित्व खरिद गर्न लागेको हो । बाँकी २० प्रतिशत भने आमान्डा स्टेभेली र रुबेन परिवारको नाममा रहेको छ । यसअघि टोलीका मालिक रहेका माइक एस्लीले क्लबलाई राम्रोसँग सम्हालन नसकेको आरोप लाग्दै आएको छ । साउदीको लगानीसँगै अब ट्रान्सफर बजारमा न्युकासल आक्रामक रुपमा आउने अपेक्षा गरिएको छ । साउदी कोषको बजार भाउ ३ सय २० बिलियन पाउण्ड रहेको छ । यससँगै न्युकासल विश्वकै सबैभन्दा धनि क्लब मालिक भएको क्लब बनेको छ ।

यसअघि म्यानचेस्टर सिटीमा पनि अबुधावीका शेख मन्सुरले लगानी गरेपछि क्लबको मुहार नै फेरिएको थियो । सिटीका मालिक शेख मन्सुरको २१ बिलियन पाउण्ड रहेको आँकलन छ ।

साउदीको खरिद प्रक्रिया स्वीकृत भएसँगै यासिर अल रुमाएन क्लबको नयाँ अध्यक्ष बन्ने बुझिएको छ । उनी साउदी अरबको नागरिक लगानी कोषका गभर्नर हुन् । उनी विश्वकै सबैभन्दा ठूलो तेल कम्पनि साउदी आराम्कोका अध्यक्ष समेत हुन् । उनी विश्व प्रतिष्ठित ट्याक्सी सेवा प्रदायक उबरको पनि बोर्डमा छन् । उनलाई साउदीका राजकुमार मोहमद बिन सलमानको साथ रहेको छ ।

कोरोना महामारीका कारण एस्लीले न्युकासल बेच्ने प्रक्रियामा केहि लचकता अपनाएका थिए । उनले आफूले तोकेको मुल्यभन्दा ४० मिलियन पाउण्ड कममै क्लब हस्तान्तरण गरेका हुन् । साउदीले प्रिमियर लिगमा बुझाएको कागजातमा च्याम्पियन्स लिगमा खेल्ने देखि नयाँ विज्ञापन स्रोत जम्मा गर्ने बताएको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.