default_image

3 years ago

October 8, 2021

ब्राजिलको पूनरागमन जित

एजेन्सी – एक गोलले पछि परेको ब्राजिलले घरेलु टोलीमाथि पूनरागमन जित निकाल्दै कतार विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा लगातार नवौं जित निकालेको छ । ब्राजिलले एक गोलले पछि परेको अवस्थामा ३–१ को पूनरागमन जित निकालेको हो । भेनेजुएलामा शुक्रबार बिहान भएको खेलमा ब्राजिलको पूनरागमन जितमा माकिन्हस, गाव्रियल बर्बाेसा र एन्थोनीले गोल गरे । घरेलु […]

47 views

0 Bookmark

एजेन्सी – एक गोलले पछि परेको ब्राजिलले घरेलु टोलीमाथि पूनरागमन जित निकाल्दै कतार विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा लगातार नवौं जित निकालेको छ ।

ब्राजिलले एक गोलले पछि परेको अवस्थामा ३–१ को पूनरागमन जित निकालेको हो । भेनेजुएलामा शुक्रबार बिहान भएको खेलमा ब्राजिलको पूनरागमन जितमा माकिन्हस, गाव्रियल बर्बाेसा र एन्थोनीले गोल गरे । घरेलु टोलीका एरिक रामिरेजको गोल सान्त्वना बन्यो ।

खेलको ११औं मिनेटमा एरिक रामिरेजको गोलबाट ब्राजिल खेलमा पछि परेको थियो । उनले यफर्सन सोटेल्डोको पासमा गोल गरेका थिए । एक गोलले पछि परेको ब्राजिलले घरेलु टोलीलाई लगातार दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ७१औं मिनेटमा सब्सिच्युट फरवार्ड राफिन्हाको पासमा डिफेन्डर मार्किन्हसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

८५औं मिनेटमा गाव्रियल बर्बाेसाले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई २–१ को अग्रता दिलाए । भिनिसियस जुनियरको प्रहारलाई भेनेजुएलाका गोलरक्षक जोएल ग्राटेरोलले नियन्त्रणमा लिन नसकेको बलमा नजिकै रहेका गाव्रियल बर्बाेसालाई ओस्कार गोन्जालेजले फल गर्न पुगेपछि रेफ्रीले ब्राजिललाई पेनाल्टी प्रदान गरेको थियो । जसमा बर्बाेसा चुकेनन् ।

इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा अर्काे वैकल्पिक खेलाडी एन्थोनीले गोल गर्दै ब्राजिलको जित पक्का गरे । ७७औं मिनेटमा गाब्रियल जेससको स्थानमा मैदान छिरेका एन्थोनीले राफिन्हाकै पासमा गोल गर्न सफल भए ।

जितपछि अपराजित रहेको ब्राजिल ९ खेलबाट २७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित भेनेजुएला ४ अंक जोडेर पुछारमा रहेको छ ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.